• होमपेज
  • बाजुरा बिशेष
  • आपतकालिन महिला सुरक्षित आवास गृह संचालन सम्बन्धि सरोकारवालासंगको बैठक सम्पन्न

आपतकालिन महिला सुरक्षित आवास गृह संचालन सम्बन्धि सरोकारवालासंगको बैठक सम्पन्न

  • बुधबार, अशोज ९, २०८१
आपतकालिन महिला सुरक्षित आवास गृह संचालन सम्बन्धि सरोकारवालासंगको बैठक सम्पन्न

बाजुरा– बाजुरा जिल्लामा संचालनमा रहेको आपतकालिन महिला सुरक्षित आवास गृह संचालन सम्बन्धिको जिल्ला स्थित सरोकारवालाहरुसंगको बैठक सम्पन्न भएको छ । बाजुरा जिल्ला लगाएत अन्य जिल्लाका हिंसा पीडित महिलाहरुलाई न्यायमा सहयोग पुगाउनुका साथै पिडकबाट थप पिडा हुनबाट बच्न आपतकालिन महिला सुरक्षित आवास गृह संचालनमा रहेको छ ।

आपत्कालिन महिला सुरक्षित आवास गृह संचालनको लागि जिल्ला स्थिति बिभिन्न सस्थाहरुले सहयोग गर्दै आएको भएपनि आवास गृह दिगो रुपमा संचालनको लागि जिल्लाका सम्पूणर् स्थानिय तहको सहयोग रहन आवाश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । सरोकारवालाहरुको बैठकमा आवास गृह संचालनमा भएका समस्य र समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । छलफल पछि आवास गृह संचालनमा नेपाल सरकारका संघ, प्रदेश र स्थानिय सरकारको सहयोग आवश्यककता रहको जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले बताए । आवास गृहमा आउने पिडितलाई दिगो उपार्जनका लागि सिप ज्ञान कानूनी सहयाताको लागि जिल्ला का सवै सरकारी, गैर सरकारी सस्था नागरिक समाजको सहयोग आवश्यक रहेको बताए ।

साथी संस्था, UNFPA, पिसविन लगायत गैरसरकारी संस्थाहरुकाे पनि सहभागिता रहेकाे बैठककाे आर्थिक सहयाेग साथी संस्थाले गरेकाे थियाे । उक्त समन्वयात्मक बैठकमा साथी संस्था, UNFPA, पिसविन लगायतका गैरसरकारी संस्थाहरुले अल्पकालीन महिला सुरक्षित आवास गृहकाे प्रभावकारी सञ्चालनमा आर्थिक तथा प्राविधिक सहयाेग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

आपत्कालिन महिला सुरक्षित आवास गृहका मनोबिमर्सकर्ता विमला रावलले गएको दुई आर्थिक बर्ष र चालु आर्थिक बर्षका चार महिनाको कामको विवरण प्रस्तुत गरेकी थिईन । सुरक्षित आवास गृहबाट आर्थिक बर्ष २०८९/०८० मा १ सय ९७ जनाले सेवा लिएका छन् । जस्मा १ सय ४७ जना महिला र ५० जना आश्रस्त बालबालिका रहेका छन् । आर्थिक बर्ष २०८०/०८१ मा २ सय २१ जनाले सेवा लिएका छन । महिला १ सय ७१ जना र आश्रीत बालबालिका ५० जना रहेका छन् । यो चालु आर्थिक बर्षको चार महिनामा ३६ जनाले सेवा लिएका छन । जस्मा महिला ३१ जना छन भने आश्रीत बालबालिका ५ जना रहेका छन् ।

हिजो मंगलबार भएको बैठकमा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाको अध्यक्षतामा भएको बैठकमा बडिमालिका नगरपालिकाका नगर प्रमुख अम्मर खड्का, उपप्रमुख नन्दा थापा गौमुल गाउपालिकाका उपाध्यक्ष सिता थापा, बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल सरकारी वकिल कार्यालयका प्रमुख लोकबहादुर रावल रहेका थिए । त्यस्तै नेपाल बार यसोसिएसन बाजुराका अध्यक्ष पुर बहादुर रावत , अधिबक्ता हर्क खडायत, गैर सरकारी सस्था बाजुरा जिल्ला अध्यक्ष कृष्ण अधिकारी साथी संस्थाका प्रतिनिधि प्रलिता थापा र पार्वति भण्डारी लगाएत जिल्लामा सरकारी तथा गैर सरकारी सस्थाका प्रमुख एवम प्रतिनिधिहरको उपस्थिति रहेको कार्यक्रमको संचालन जिल्ला समन्वय कार्यालयका निमित्तत प्रमुख दिपेन्द्र पाण्डेले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार