• होमपेज
  • राजनीति
  • कार्यवाहक प्रधानमन्त्री सिंह र सचिव गेलालबिच कार्यसम्पादन सम्झौता

कार्यवाहक प्रधानमन्त्री सिंह र सचिव गेलालबिच कार्यसम्पादन सम्झौता

  • मङ्लबार, अशोज ८, २०८१
कार्यवाहक प्रधानमन्त्री सिंह र सचिव गेलालबिच कार्यसम्पादन सम्झौता

काठमाडौँ —कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालबिच कार्यसम्पादन सम्झौता भएको छ ।

मंगलबार सिंहदरबारमा एक कार्यक्रमका बिच कार्यवाहक प्रधानमन्त्री सिंह र सहरी विकास मन्त्रालयका सचिव गेलालबिच चालु आर्थिक वर्षमा मन्त्रालयले सम्पादन गर्नुपर्ने मुख्य काम र त्यसमा उपलब्धि हासिल गर्ने प्रतिबद्धतासहितको कार्यसम्पादन सम्झौतामा हस्ताक्षरसहित आदान प्रदान गरिएको हो ।

त्यस अवसरमा बोल्दै कार्यवाहक प्रधानमन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रालयले गरेको सम्झौताहरू समयमा नै कार्यान्वयन गर्नका लागि आफूले सचिव गेलालसँग पनि कार्यसम्पादन सम्झौता गरेको बताए । उनले सो सम्झौतामा उल्लेख गरिएको प्रतिबद्धताहरुसहितको कार्यसम्पादन सम्झौताको पालना सचिव गेलालबाट अक्षरशः हुने विश्वास समेत व्यक्त गरे ।

त्यस अवसरमा सचिव गेलालले पनि कार्यवाहक प्रधानमन्त्री सिंहसँग मन्त्रालयको कार्य सम्पादनका लागि गरिएको सम्झौता पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । सम्झौतामा मन्त्रालयको सञ्चालित आयोजना एवं कार्यक्रम तथा सेवा प्रवाहमा सुधारका कार्यहरू तोकिएको समयावधिमा सम्पन्न गर्दै सार्वजनिक सेवा प्रवाह, विकास निर्माण र सुशासनमा दूरगामी प्रभाव पार्ने र जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी उपलब्धि हासिल गर्नेतर्फ विशेष ध्यान दिई स्वच्छ र सफा वातावरणसहितको योजनाबद्ध सहरीकरणद्वारा राष्ट्रको विकास गर्ने प्रतिबद्धता जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २७ गते उपप्रधानमन्त्री र मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरी चालु आर्थिक वर्षको काम कारबाहीलाई प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार