• होमपेज
  • राजनीति
  • स्वर्णिमको प्रस्ताव- पालिकाहरू ५ सयभन्दा तल झारौं, प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष चुनौं

स्वर्णिमको प्रस्ताव- पालिकाहरू ५ सयभन्दा तल झारौं, प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष चुनौं

  • बिहिबार, अशोज ३, २०८१
स्वर्णिमको प्रस्ताव- पालिकाहरू ५ सयभन्दा तल झारौं, प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष चुनौं

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले बलियो र सुदृढ संघीय सरकार बनाउनुपर्ने बताएका छन् ।

संविधान दिवसको अवसरमा पार्टीले आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा बोल्दै वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी बलियो र सुदृढ संघीय सरकारको पक्षमा रहेको बताए । मुलुक संघीयताको अभ्यासमा गएको भएपनि अझैपनि काम, कर्तव्य र अधिकारको सन्दर्भमा तीन तहका सरकारबीच अन्यौलता सिर्जना भइरहेको उनको भनाइ छ ।

पालिकाहरूलाई एकीकृत गरेर ५०० वटाभन्दा कम स्थानीय तह बनाउनुपर्ने उनको तर्क छ । प्रदेश तहमा भने समन्वयकारी र छरितो निकाय बनाउनुपर्ने उनले बताए । उपसभापति वाग्लेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री बनाएर मन्त्रिमण्डल भने विज्ञहरूको बनाउनुपर्ने बताए ।

उनले समावेशी, समानुपातिकको प्रतिनिधित्व संविधानले परिकल्पना गरे अनुरुप हुन नसकेको भन्दै यसप्रति धेरै प्रश्नहरु रहेको बताए ।

चर्चामा

सम्बन्धित समाचार