• होमपेज
  • बाजुरा बिशेष
  • दलित पत्रकार संघ बाजुराकाे दाेस्राे अधिवेशन सम्पन्न

दलित पत्रकार संघ बाजुराकाे दाेस्राे अधिवेशन सम्पन्न

  • आइतवार, भदौ ३०, २०८१
दलित पत्रकार संघ बाजुराकाे दाेस्राे अधिवेशन सम्पन्न

बाजुरा–  राष्ट्रिय दलित पत्रकार संघ बाजुराकाे दाेस्राे अधिवेशन आइताबार सम्पन्न  भएकाे छ । राष्ट्रिय दलित पत्रकार संघ बाजुराका अध्यक्ष मदन वि क काे अध्यक्षतामा अधिवेशन सुरु भएकाे  अधिबेशनबाट नयाँ नेतृत्व  चयन भएकाे छ ।

अध्यक्ष धनरुप कामी अध्यक्ष रहने गरि ७ सदस्यिय समिति चयन भएकाे छ । उपअध्यक्षमा खेमराज मिजार, सचिव प्रमित बिक काेषाअध्यक्ष साेधा नेपाली सहसचिव राजेन्द्र विक  र सदस्यहरुमा कमला चदारा टेक विक सर्बसम्बत चयन भएका छन ।

२०७६ सालमा जिल्लाामा स्थापना भएकाे संघले हक अधिकार स्थापित गर्नका लागि संघ गठन भएकाे हाे । अधिबेशनकाे खुलाशत्र कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिव  काशी विक प्रमुख अतिथी रहेका थिए ।

कार्यक्रममा दलित पत्रकार संघका केन्द्रीय सदस्य वसन्त विश्वकर्मा,बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी लगायत अधिवेशकाे समुद्घाटन कार्यक्रममा जिल्ला स्थित दलित पत्रकार संघमा आवद्व पत्रकारहरु सहभागी रहेका थिए ।

संघकी काेषाध्यक्ष सरिता नेपालीले स्वागत मन्तव्य राखेकाे कार्यक्रमकाे संचालन संघका सचिव रामबहादुर वि.क ले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार