• होमपेज
  • समाज
  • विद्युतिकरण कार्यमा सतर्कता अपनाउन बाजुरा प्रशासनको आग्रह

विद्युतिकरण कार्यमा सतर्कता अपनाउन बाजुरा प्रशासनको आग्रह

  • बिहिबार, भदौ ६, २०८१
विद्युतिकरण कार्यमा सतर्कता अपनाउन बाजुरा प्रशासनको आग्रह

बाजुरा —जिल्ला प्रशासन कार्यालय बाजुराले विद्युतिकरण कार्यमा सतर्कता अपनाउन आम नागरिकहरुलाई आग्रह गरेको छ । बिहिवार प्रशासनले एक सूचना जारी गर्दै जिल्लामा पछिल्लो समय दिनप्रतिदिन विद्युतिकरण सम्बन्धी कार्य गर्दा लापरवाहीको कारण दुर्घटना बढ्दै गएको भन्दै सचेत हुन अनुरोध गरेको छ ।

यस्ता घटनाबाट नागरिक तथा कामदारको ज्यान गएको, अपांग अशक्त हुने जस्ता घटना बढेको भन्दै प्रशासनले सावधानी अपनाई मात्रै विद्युतिय काम गर्न गराउन सबैलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेले बताएका छन् । प्रशासनले सावधानी अपनाउनु भनि पाँच बुँदामार्फत सचेत गराएको छ ।

माईक्रो हाईड्रो र राष्ट्रिय प्रशारण लाईनको क्रसिङ सेक्सनमा काम गर्दा सम्बन्धित निकायहरु विचमा आवश्यक समन्वय गरेर मात्रै काम गर्नुपर्ने, विद्युत लाईन सटडाउन भएको सुनिश्चित गर्न सम्बन्धित कार्यालयको प्रतिनिधि खटाउने, विद्युत सम्बन्धी कार्य दक्ष कामदारबाट मात्रै गराउन सूचनामार्फत आग्रह गरेको छ । त्यस्तै विद्युत सम्बन्धी कार्यगर्दा सुरक्षा सम्बन्धी उपकरण पूणर् रुपमा प्रयोग गरेर मात्रै गर्ने र विद्युत सम्बन्धी कार्य गर्दा उचित सुरक्षा र सावधानी अपनाएर मात्र काम गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लामा विद्युतकै कारण केही वर्षयता मात्रै ११ जनाले ज्यान गुमाइ सकेका छन् भने दर्जन बढी घाइते भएका छन् । सम्बन्धित निकायको चरम लापरवाही, अस्तव्यस्त लाइन विस्तार, व्यक्तिगत असावधानी र अप्राविधिक जनशक्तिकै कारण ज्यान गुमाउनु परेको अवस्था छ ।

चर्चामा

सम्बन्धित समाचार