बाजुरा — नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठुला दुई राजनीतिक दलबीच भएको सहमतिको ठोस आधारका बारेमा प्रष्ट पारेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गर्न प्रस्ताव राखेपछि छलफलकाे सुरुवातमा बाेल्दैँ प्रमुख सचेतक लेखकले मुलुकलाई ठिक ढंगले अगाडि लैजान सैद्धान्तिक र व्यवहारिक आधारमा दुई दलबिच सहमति भएकाे दाबि गरेका हुन्।
लेखकले राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न तथा विकासका गति अघि बढाउन एमाले र कांग्रेस बीच सहमति भएको संसदमा जानकारी गराएका छन्। उनले संसदमा प्रतिपक्ष कमजोर नहुने विश्वास व्यक्त गरे।
आज संसदमा विश्वासको मत राख्दा राखेको आक्रोशले प्रधानमन्त्री प्रचण्ड नै प्रमुख प्रतिपक्ष दलको नेता हुने भएकाले संघियता र लोकतन्त्र कमजोर नहुने विश्वास आफूलाई भएको टिप्पणी पनि गरे। राष्ट्रका विकास र गतिविधिलाई चलायमान बनाउन दुई दलबीच सहमति भएको प्रष्ट पारे। लेखकले संविधान संशाेशनका बिषयमा संविधानले नै १० बर्षपछि पुनरावलाेकन गर्न सकिने स्मरण गराए ।
प्रमुख सचेतक लेखकले प्रचण्डले प्रधानमन्त्री पदमा पाँचौं पटक विश्वासको मत माग्नु परेको अवस्था कसरी भन्दै अझै ४० महिनामा कति पटक विश्वासको मत माग्ने हो भन्दै प्रश्न गरेका छन्।