मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा ३८ मदनान केन्द्र अतिसंवेदनशील र २५ संवेदनशील

बाजुरामा ३८ मदनान केन्द्र अतिसंवेदनशील र २५ संवेदनशील

  • बुधबार, चैत्र ३०, २०७८
बाजुरामा ३८ मदनान केन्द्र अतिसंवेदनशील र २५ संवेदनशील

पदमबहादुर सिंह
बाजुरा–बाजुरामा ७० मतदान केन्द्र मध्ये ३८ मदनान केन्द्र अतिसंवेदनशील २५ संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले बाजुराले जनाएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ३८ मदनान केन्द्र अतिसंवेदनशील २५ संवेदनशील र ७ ओटा सामान्य रहेको जनाएको छ ।
मतदान केन्द्रलाई तीन तहमा विभाजित गरी सुरक्षा समिति विश्लेषण गरेको जिल्ला सुरक्षा समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले वताएका छन् । बाजुरामा ९ ओटा स्थानिय तह रहेका छन् । बडिमालिका नगरपालिका २ ओटा संवेदनशील र ७ ओटा सामान्यमा रहेका छन् । त्रिबेणी नगरपालिकामा ६ ओटा अतिसंवेदनशील र ३ ओटा संवेदनशील रहेका छन ।
बुढीगंगा नगरपालिकामा ६ ओटा अतिसंवेदनशील र ४ ओटा संवेदनशील मतदान केन्द्र रहेका छन् । बुढीनन्दा नगरपालिकामा ६ ओटा अतिसंवेदनशील र ६ ओटा संवेदनशील रहेका छन् । खप्तड छेडेदह गाउपालिकामा ४ अतिसंवेदनशील र ३ ओटा संवेदनशील रहेका छन् । गौमुल गाउपालिकामा ५ ओटा अतिसंवेदनशील र १ ओटा संवेदनशील रहेका छन् ।
त्यस्तै जगन्नाथ गाउपालिकामा ४ ओटा अतिसंवेदनशील र २ ओटा संवेदनशील रहेका छन् । स्वामीकार्तिक खापर गाउपालिकामा २ ओटा अतिसंवेदनशील र ३ ओटा संवेदनशील रहेका छन् । हिमाली गाउपालिकामा ५ ओटा अतिसंवेदनशील र ३ ओटा संवेदनशील रहेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टले जानकारी दिए ।
निर्वाचनमा भाग नलिने राजनीतिक समूहका गतिविधि, भौगोलिक विकटता, सञ्चार असुविधा, भौगोलिक विकटता र यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर जिल्ला सुरक्षा समितिले अति अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा मतदान केन्द्र छुट्याएको बिष्टले बताए ।
बाजुरामा ७० ओटा मतदान केन्द्र सुरक्षा समितिले बनाएको मादण्डका आधारमा सबै मतदान केन्द्रहरुको अनुगन गरिने जनाएको छ । मतदान केन्द्र सुरक्षा अवस्थालाई हेरेर मतदान अघि, मतदानको दिन र मतदान पश्चात हुने सुरक्षा चुनौतिको विश्लेषण गरी कडा सुरक्षा योजना बनाइएको विष्टले जानकारी दिए ।
जिल्लाका ७० ओटा मतदान केन्द्रका र १ सय १२ ओटा मतदान स्थलहरु रहेका छन् । जिल्लामा कुल ४२ हजार १ सय ५१ पुरुष र ४० हजार ५ सय ३७ महिला गरि जम्मा ८२ हजार ६ सय ९० जना मतदाता रहेका छन् । नेपाली काङ्ग्रेस, नेकपा (एमाले), राप्रपा, नेकपा लगायत १३ ओटा राजनीतिक दलहरूले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गरेका जिल्ला निर्बाचन कार्यालयका प्रमुख नबराज अबस्थिले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार