आइतवार, कार्तिक ४, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विज्ञापन खोल्ने

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विज्ञापन खोल्ने

  • शुक्रबार, माघ २८, २०७८
सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विज्ञापन खोल्ने

धनगढी — सुदूरपश्चिममा प्रदेश लोकसेवा आयोगले विज्ञापन खोल्ने भएको छ। आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले नीतिगत अस्पष्टता हटाउने निर्णय गरेपछि प्रदेश लोकसेवा आयोगले निर्वाचन अगाडि नै विज्ञापन खोल्ने भएको हो।
प्रदेश सरकारका प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीका अनुसार आजको मन्त्रिपरिषद् बैठकले संघीय सरकारको स्वीकृत दरबन्दीअनुसार प्रदेशको मन्त्रालय र मातहतका निकायमा रिक्त दरबन्दीमा कर्मचारी भर्ना गर्न लोकसेवालाई लेखी पठाउने निर्णय गरेको छ।
‘अबको एक साताभित्रै सबै मन्त्रालयले माग आकृति फाराम भरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत आयोगलाई बुझाउने छन्,’ मन्त्री जोशीले दिनेशखबरलाई भनिन्, ‘त्यसपछि लोकसेवा आयोगले विज्ञापन खोल्छ।’ यता लोकसेवा आयोगका सचिव दुर्गादत्त बिष्टले भने माग आकृति फाराम भरेर आइसकेपछि क्यालेन्डर बनाएर विज्ञापन गरिने जनाए।
‘मन्त्रिपरिषद्को बैठकले नीतिगत अस्पष्टता हटाएपछि आयोगले विज्ञापनको प्रक्रिया अगाडि बढाउने छ,’ बिष्टले भने, ‘आयोगमार्फत विज्ञापन गर्दा निर्वाचन आचारसंहिताले प्रभाव पार्दैन।’ आयोगले पटकपटक खाली रहेका दरबन्दी पदपूर्तिका लागि विवरण पठाउन स्थानीय तह र प्रदेश सरकारलाई आग्रह गर्दै आएको थियो। सुदूरपश्चिम प्रदेशमा २३ सय बढी स्वीकृत दरबन्दी रहेकोमा झण्डै ४५ प्रतिशत रिक्त रहेको छ।

चर्चामा

सम्बन्धित समाचार