शनिबार, कार्तिक ३, २०८१
  • होमपेज
  • समाज
  • सिमखेत बजार देखी तमैल बजार सम्म जिप भाडा दुई सय:बझाङ प्रहरी प्रशासन मौन

सिमखेत बजार देखी तमैल बजार सम्म जिप भाडा दुई सय:बझाङ प्रहरी प्रशासन मौन

  • सोमवार, कार्तिक १५, २०७८
सिमखेत बजार देखी तमैल बजार सम्म जिप भाडा दुई सय:बझाङ प्रहरी प्रशासन मौन
फाइल तस्बिर

अर्थ जङ्ग शाही/ बझाङ — असोज ३१ देखि कार्तिक ३ गते सम्म परेको अविरल वर्षाका कारण बझाङको जयपुथ्वी राजमार्ग अवरुद्ध हुदाँ यात्रुहरुलाई सास्ती सँगै चर्को भाडा तिर्नु परेको धर्म राज जोशीले बडिमालिका खबरलाई बताएका छन्।

बझाङको सिमखेत देखी तमैल बजारसम्म ११ किलोमिटर बाटोमा दुई सय भाडा लिँदा यात्रुहरु सास्तीमा परेका छन्।सदरमुकाम चैन्पुर नजिकै रहेको सिमखेत बजार देखी तमैल बजार सम्म दुई सय भाडा तिरेको जोशीले बताए। त्यस्तै बझाङको मालुमेला देखी नारुगौडा सम्म पनि तीन सय भाडा तिरेको उनले बताए।

प्रहरीले यात्रुसँग बढी भाडा लिने सार्वजनिक सवारीको साधनमाथि निगरानी बढाएको छ । प्रहरीले बढी भाडा लिएको सूचना दिन पनि जिल्लावासीलाई आग्रह गरेको छ । यसअघि पनि सार्वजनिक सवारी साधनको छडके चेकजाँच गर्ने क्रममा दोब्बर भाडा लिने चालकलाई प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रुपक खड्काले बढी भाडा लिने सवारी साधनमाथि ठाउँको ठाउँ कारवाही हुने बताए । उनले बडिमालिका खबरसँग भने,‘हामीले सरकारले तोके भन्दा बढी भाडा लिने सवारी साधनलाई कानुन अनुसार कारवाही गछौ, अब सार्वजनिक सवारी साधनमाथि निगरानी बढाउछौं ।’

डिएसपी खड्काले जिल्लावासीलाई पनि बढी भाडा लिएको पाइएमा सूचना दिन आग्रह गर्दै सूचना दिने व्यक्तिको नाम गोप्य राखिने बताए ।

चर्चामा

सम्बन्धित समाचार