• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा २ बच्चामा देखीयो कोरोना भाइरस

बाजुरामा २ बच्चामा देखीयो कोरोना भाइरस

  • बिहिबार, साउन २१, २०७८
बाजुरामा २ बच्चामा देखीयो कोरोना भाइरस

जंग रावल/बाजुरा — बाजुराका दुई बच्चामा कोरोना भाइरस देखा परेको छ । जिल्ला अस्पताल बाजुरामा बिरामी भएर आएका दुई बच्चामा कोरोना भाइरस देखा परेको हो । एक जना बच्चालाई जिल्लामा उपचार सम्भव नभएका कारण काठमाण्डौ लग्दा त्यहा गरिएको परिक्षणमा कोरोना देखीएको र एक जना बच्चाको बाजुराबाट स्वाव संकलन गरि डोटी प्रयोगशालामा गरिएको परिक्षणबाट कोरोना देखीएको जिल्ला अस्पताल बाजुराका प्रमुख प्रकाश जोशीले बताएका छन । बाजुरामा पछिल्लो एक साता यता धेरै बालबालिकाहरु बिरामी भएर जिल्ला अस्पताल बाजुरामा भर्ना गरी उपचार गराईरहेको जिल्ला अस्पताल बाजुराका प्रमुख जोशीले बताए । जिल्ला अस्पताल बाजुरामा उपचारत केही बालबालिकाको स्वाव संकलन गरि पठाउदा एक बच्चामा कोरोना पोजेटिभ देखीएको डाक्टर जोशीले बताएका छन ।

जिल्ला अस्पताल बाजुुराले धनगढी हुदै काठमाडौ रिफर गरेको एक १० बर्षका बालकलाई कोरोना भाइरसको डेल्टा भेरिअन्ट भाइरस देखिएको छ । जिल्ला अस्पताल बाजुरामा एन्टिजेन जाँच गर्दा नेगेटिभ भएपछि उनलाइ चार दिन जति निमोनियाको उपचार गरेको थियो ।
अस्पताल बाजुरामा सञ्चो नभएपछि धनगढी रिफर गरेको थियो । धनगढीमा पनि उपचार सम्भब नहुने भन्दै काठमाडौ रिफर गरेको थियो । त्यहाँ कोरोना जाँच गर्दा कोरोना भाइरसको डेल्टा भेरिअन्ट देखिएको अस्पताल बाजुराका प्रमुख डा. जोशीले वताएका छन् । बच्चालाइ उपचारका क्रममा लिदा बाटोमा सरेको हो, या बाजुरा हुदै उक्त भाइरसले संक्रमण गरेको हो, कुनै जानकारी नभएको जोशीले वताए । उक्त बच्चाको सम्पर्कमा रहेका अन्यको स्वाब संकलन गरेर पिसिआर गर्ने तयारी रहेको जोशीले वताए ।
कोरोना भाइरसको डेल्टा भेरिअन्ट देखिएको बच्चालाई काठमाडौमा भेन्टिलेटरमा उपचार पछि सञ्चो भएर डिस्चार्ज गरेको परिवारले वताएका छन् । अस्पताल बाजुरा अहिले ९ जना बच्चाको उपचार भइरहेको छ । निमोनिया जस्तो लक्षण देखा परेको बच्चाहरुको अक्सिजनको साहारामा उपचार भइरहेको अस्पतालले जनाएको छ । १३ जनाको स्वाब संकलन गरेर डोटि पठाएकोमा एक जनामा काेराेना पाेजेटिभ देखीएकाे जिल्ला अस्पताल बाजुराले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार