• होमपेज
  • देश/प्रदेश
  • किशोरी बलात्कार आरोपमा पक्राउ परे‍ शिक्षक

किशोरी बलात्कार आरोपमा पक्राउ परे‍ शिक्षक

  • मङ्लबार, फाल्गुन १३, २०८१
सेयर गर्नुहोस् :
किशोरी बलात्कार आरोपमा पक्राउ परे‍ शिक्षक

गोर्खामा १५ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ८ का ३५ वर्षीय कमलबहादुर बोहरा छन्।

उनलाई फागुन ७ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रवक्ता डिएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिए।

पुसदेखि पटक–पटक किशोरीलाई बलात्कार गरेको भन्दै गत माघ २८ गते उनीविरूद्ध जाहेरी परेको थियो। सोही आधारमा उनलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको डिएसपी सुवेदीले बताए। ‘बोहरा गोरखाको धार्चे गाउँपालिकास्थित एक विद्यालयका शिक्षक हुन्,’ उनले भने। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

चर्चामा

सम्बन्धित समाचार