काठमाडौं —पूर्वराष्ट्रपति डा. रामवरण यादवले योग साधनाले पूर्वीय सभ्यतालाई उजागर गरेको बताएका छन्। ललितपुर महानगरपालिका वडा न–१६ तथा पतञ्जलि योग समिति बागमती प्रदेशको संयुक्त रुपमा आयोजनामा सुरु भएको योग उत्सव समारोहमा यादवले उक्त कुरा बताएका हुन्।
उनले भने, ‘योग साधनाले पूर्वीय सभ्यतालाई उजागर गर्छ र यसले स्वास्थ्यका लागि सकारात्मक प्रभाव पार्छ ।’
डा यादवले योग साधनको महत्त्व, गरिमा र अभ्यासका बारेमा देशभर प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए । स्वास्थ्य जीवनबिना देश अगाडि बढ्न नसक्ने भएकाले योगको निकै महत्व रहेको उनले उल्लेख गरेका छन्।
नियमित योग गर्नाले शरीर र दिमागलाई सन्तुलित बनाउन सहयोग गर्ने कुरामा पनि पूर्वराष्ट्रपति यादवले जोड दिएका छन्।