शुक्रबार, साउन ३, २०८२
  • होमपेज
  • राजनीति
  • रास्वपा सांसद पराजुलीको प्रश्न: धनराज गुरुङमाथि छानबिन हुन्छ कि हुन्न ?

रास्वपा सांसद पराजुलीको प्रश्न: धनराज गुरुङमाथि छानबिन हुन्छ कि हुन्न ?

  • सोमवार, भदौ २४, २०८१
रास्वपा सांसद पराजुलीको प्रश्न: धनराज गुरुङमाथि छानबिन हुन्छ कि हुन्न ?

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङमाथि छानबिन गर्न माग गरेका छन् । करिब १५ करोड रुपैयाँ रकम हिनामिना गरेका गुरुङ र उनकी श्रीमतीविरुद्ध उजुरी परेको भन्दै छानबिनको माग गरेका हुन् ।

सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पराजुलीले मितेरी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष कुम्भराज गुरुङले आफ्नो संस्थाको करिब १५ करोड रकम हिनामिना गरेको भन्दै प्रहरीमा उजुरी दिएको बताए । उनले भने, ‘अब म माननीय गुरुङको बारेमा छानविन हुन्छ कि हुँदैन ?’

गुरुङमाथि छानविनको माग गर्दै संसदको वेल घेराउ गर्ने कि नगर्ने भनेर समेत उनले प्रश्न गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार