शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • दुई मन्त्रीको वरियता हेरफेर, पौडेल भन्दा पाण्डे अगाडि

दुई मन्त्रीको वरियता हेरफेर, पौडेल भन्दा पाण्डे अगाडि

  • बिहिबार, साउन २४, २०८१
सेयर गर्नुहोस् :
दुई मन्त्रीको वरियता हेरफेर, पौडेल भन्दा पाण्डे अगाडि

काठमाडौं–  मन्त्रिपरिषदमा दुई मन्त्रीको वरियता हेरफेर भएको छ । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको वरियता हेरफेर भएको हो ।

यसअघि ३१ असारमा गठित मन्त्रिपरिषदमा पौडेल १४ औं, अजयकुमार चौरसिया १५ औं र पाण्डे १६ औं वरियतामा थिए । कांग्रेस सहमहामन्त्रीसमेत रहेका पाण्डेलाई १४ औं वरियतामा राखेर पौडेललाई १६ औंमा राखेर प्रधानमन्त्री ओलीले वरियता हेरफेर गरेका हुन् । तर कांग्रेस केन्द्रीय सदस्य मात्र रहेकी आरजु राणा भने वरियताको सातौं नम्बरमा छिन् ।

हेर्नुहोस् मन्त्रीहरुको सुधारिएको वरियता

चर्चामा

सम्बन्धित समाचार