बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दा नगरपालिकामा एक स्कुल एक स्वास्थ्यकर्मी कार्यक्रम संचालन गर्ने

बुढिनन्दा नगरपालिकामा एक स्कुल एक स्वास्थ्यकर्मी कार्यक्रम संचालन गर्ने

  • आइतवार, असार १०, २०८०
बुढिनन्दा नगरपालिकामा एक स्कुल एक स्वास्थ्यकर्मी कार्यक्रम संचालन गर्ने

बाजुरा– बुढीनन्दा नगर पालिकाले ४४कराेड ४९लाख २९हजार २ सय ५७ रूपिया बजेट बिनियोजन गरेकाे छ । बुढिनन्दा नगरपालिकाले नगरपालिका भित्र रहेका कक्षा ८ देखी १२ सम्मका बिध्यालयमा एक स्कुल एक चिकित्सक कार्यक्रम लागु गर्ने भएको छ । बुढिनन्दा नगरपालिकाले आइतबार ल्याएको निति तथा कार्यक्रममा सो कार्यक्रम उल्लेख गरिएको छ ।
“सुखी जनता समृद्ध बुढीनन्दा “ लाई आत्मसात गर्दै बुढीनन्दा नगर पालिकाको द्रोसो नगर सभा तथा आठौं अधिवेशन कृषि ,शिक्षा र स्वास्थ क्षेत्रमा प्राथमिकता दिदै नीति तथा कार्यक्रम प्रस्तुत भएको नगरपालिकाका प्रमुख जनक कुमार बोहराले बताएका छन ।
शिक्षा क्षेत्रमा गुणस्तरिय शिक्षाका लागी दिर्घकालिन र अल्पकालिन शैक्षिक योजना निर्माण गर्ने, कक्षा ११र१२मा अध्यायनरत विद्यार्थीका लागी पुणर्रुपमा शुल्क छुट गरिने, णस्तरिय शिक्षा लाई जोड दिन नगरपालिकाका विद्यालयमा विषय मिलान तथा विद्यालय मर्ज गरिने लगायतका योजनाहरु रहेको नगरपालिकाले जनाएका छ । त्यसै गरि अंग्रेजी विज्ञान गणित विषयमा सुधारात्म कक्षा संचालन गरी सामादायीक विद्यालयको विद्यार्थीको पढाई गुणस्तरमा वृद्धी गर्न सहयोग गरीने, कक्षा ३,५ र ८ मा नगर स्तरिय परिक्षा संचालन गरीने, नगरपालिकाका उत्कृष्ट विद्यालय,प्रअ,शिक्षक र व्यवस्थापन समितीलाई प्रोत्साहनका रुपमा सम्मान तथा पुरुस्कृत गरिने जनाएको छ । त्यसै गरि विद्यार्थी तथा शिक्षकको सहभागीता हुने गरी विद्यालय स्तरमा योग शिविर संचालन गरिने जनाएको छ ।
टोलटोलमा आमा तथा अभिभावक शिक्षा संचालन गरिने, हलिया, खलिया, दलित,जनजाती,मुस्लिम, दण्डपिडीत र अन्य विपन्न परिवारका उत्कृष्ट विद्यार्थी मध्येबाट बार्षिकरुपमा कम्तीमा २० जना विद्यार्थीलाइ नगर प्रमुख छात्रवृती प्रदान गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
वटा विद्यालयमा पुणर्रुपमा अंग्रेजी माध्यामबाट पठन पाठनको व्यवस्था मिलाइने, कक्षा ५,८,१० र १२ मा उत्कृस्ट नतिजा हासिल गर्ने विद्यार्थीलाइ पुरुस्कृत गर्ने लोगसेवा आयोग तथा शिक्षक सेवा आयोग तयारी कक्षा नगरपालिका भित्रै संचालन गर्ने, नगरपालिका भरिका सबै विद्यालयमा सृजनात्मक शुक्रबारिय कार्यतक्रम संचालन गरीने, एक वडा एक नमुना विद्यालय कार्यक्रम संचालन गरी कार्यन्वयन गरिने र समृद्ध बुढीनन्दाको आधार सवल शिक्षक प्राविधिक र गुणस्तरिय शिक्षा कार्यक्रम संचालन गरिने छ ।
स्वास्थ्य क्षेत्र
१ स्वस्थ बुढीनन्दाको बहार घरदैलोमा गुणस्तरिय स्वास्य उपचार भन्ने नारालाइ साकार पार्नका लागी कार्यक्रम कार्यन्वयन गरिने छ ।
२ उपचार अभियान (मानसिक स्वास्थ्य अनैतिक व्यवहारका माध्याम बाट हुने आत्महत्या लाइ न्युनिकरणा गरिने छ ।
३ स्वास्थ्य बिमा लागु नभएकाले स्वास्थ्य बिमा लागु गर्न सरोकारवाला निकाय संग समन्वय गरी कार्यक्रम लागु गरिने छ ।
४ विद्यार्थीको स्वास्थ्यलाइ मध्यनजर गर्दै विद्यालय स्तरमा स्वास्थ्य अभियान गरिनेछ।
५ कक्षा ८ देखी १२ सम्म संचालित विद्यालयमा एक स्कुल एक चिकित्सक कार्यक्रम संचालन गरिनेछ ।
कृषि
१ घर तपाईको पलास्टीक र बिउ हाम्रो कार्यक्रम संचालन गरिनेछ ।
२ कृषक संग नगर प्रमुख कार्यक्रम संचालन गरिने छ ।
३ एक घर बिस सेयर कार्यक्रम कृषी क्षेत्रमा पब्लिक लिमिटेड कम्पनी स्थापना गरी परियोजना लागु गरिने छ ।
४ बुढीनन्दा नगरपालिका वडा नं देखी १० सम्म हाल सम्म पनी निर्माण हुन नसकेका वडा कार्यालय भवन निर्माण गरिने छन ।
अन्य
१ कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र परिशरमा व्यवसायीक भवन निर्माण गरी प्रयोगमा ल्याइने छ ।
२ कोल्टी शिवपार्क क्षेत्रमा बहुउदेशयीय भवन निर्माण गरी प्रयोगमा ल्याईनेछ ।
३ नगरपालिकाका दश वटै वडामा युवालाइ व्यवसायी बनाउन एक वडा एक युवा व्यवसायी कार्यक्रम लागु गरी कार्यन्वयनमा ल्याइने छ ।
३ आफ्नो सिप आफ्नो गाउँ यसै क्षेत्रको लागी विकासको लागी पसिना बगाउ भन्ने नारा लाइ कार्यन्वयन गर्दै युवालाइ गाउँमै रोजगारीको व्यवस्था मिलाइने छ ।
४ एक वडा एक सहकारी भन्ने नारालाई आत्मसाथ गर्दै नगरबासी लाइ सहकारी संग जोड्दै आर्थिक समृद्ध गर्न काम गरिनरे छ ।
५ एक घर एक धारा अभियानलाई आत्मसाथ गर्दै नगरवासी लाइ सुद्ध खानेपानीको पहुचँमा पुर्याईने छ ।
६ नगरपालिका भरीमा ३ ठाउँमा शवदाह गृह निर्माण गरी सबै नागरीकको पहुचमा राखी प्रयोगमा ल्याइने छ ।
७ श्रमको सम्मान राष्ट्रको अभियानलाइ कार्यन्वयन गर्दै नगरपालिका भरीमा लागु गरी कार्यन्वयन गरिने छ ।
८ टोल टोलमा न्यायिक समिती भन्ने मुल नाराका साथ सबै वडा कार्यालय मार्फत कार्यन्वयन गरिने छ ।
९ मेरो एक दिन नगरका लागी कार्यक्रमलाइ साकार पार्न हप्तामा एक दिन सार्वजनिक कार्यमा नगर बासी तथा कर्मचारीलाइ काममा जुटाइ श्रमदान गर्न लगाउने ।
१० आत्मनिर्भर अर्थतन्त्र शुसासनयुक्त बुढीनन्दा भन्नरे नारा लाइ कार्यन्वयन गर्न अर्थतन्त्रमा नगरबासीलाइ आत्मनिर्भर बनाउने योजना बनाइ कार्यन्वयन गरीने छन ।

चर्चामा

सम्बन्धित समाचार