बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा पहिरोले ४ परिवार विस्थापित

बाजुरामा पहिरोले ४ परिवार विस्थापित

  • शुक्रबार, साउन २०, २०७९
बाजुरामा पहिरोले ४ परिवार विस्थापित

बाजुरा– वर्षा शुरु भएसँगै बाजुराका विभिन्न स्थानमा पहिरोले क्षति पुर्याएको छ ।बाजुराको बुढिगंगा नगरपालिका ३ का स्थानीय वीर उखेडाको खस्रे खेतमा रहेको घर भत्किएको छ ।

बिहिबार राति परेको अबिरल बर्षाले घर पुर्णरुपमा भत्किएको र घर भित्रका सामान सबै पुरीएर क्षेति भएको वडा नम्बर २ का वडा अध्यक्ष पदम भण्डारीले बताएका छन ।

घर भित्र पुरिएका सरसामान निकाल्न नसकिए पछि सोही वडाका स्थानीय र सम्पूर्ण युवाहरुलाई साउन २१ गते विहान सहयोगका लागि अध्यक्ष भण्डारीले सामाजिक संजाल फेसबुकमा आहावन गरेका छन् । बिस्तापीत वीर उखेडाको परिवारलाई छिमेकीको घरमा आश्रय लिएर बसेका छन् ।

त्यसै गरी बडिमालिका नगरपालका ३ रजालीको ठाटीकाद टोलका लाल उखेडा, हर्क उखेडा र कर्न उखेडा गरी तीन परिवारका २१ जना बिस्तापीत भएका छन् । लगाताको बर्षाका कारण घरको मुनीबाट पहिरो बग्न थाले पछि ३ परिवार बिस्तापीत भएको वडा अध्यक्ष डबल रोकायाले बताए ।

स्थानियको सहयोगमा घरको सामान सुरक्षित ठाउमा सारीएको र बिस्तापीत परिवारलाई सुरक्षित ठाउमा सारिएको अध्यक्ष रोकायाले बताए । बिस्तापीत परिवारलाई राहतको लागि पहल भईरहेको वडा अध्यक्ष रोकायाले बताए ।

चर्चामा

सम्बन्धित समाचार