आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • देश
  • यी हुन् बाजुराका चार नगरपालिकामा काँग्रेसले सिफारीस गरेका नगरप्रमुख

यी हुन् बाजुराका चार नगरपालिकामा काँग्रेसले सिफारीस गरेका नगरप्रमुख

  • बुधबार, बैशाख ७, २०७९
यी हुन् बाजुराका चार नगरपालिकामा काँग्रेसले सिफारीस गरेका नगरप्रमुख

बाजुरा — बाजुराका चार नगरपालिकामा नेपाली काँग्रेस बाजुराले प्रदेश कमिटिमा नगरप्रमुखको नाम शिफारीस गरेको छ । तिन नगरपालिकामा दुई दुई जनाको दरले बडिमालिका नगरपालिकामा एक महिला सहित ३ जनाको नाम सिफारीस भएको हो ।
नेपाली काँग्रेसको एक उच्च स्रोतका अनुसार बुढिगंगा नगरपालिकामा तिलक राज पुरी र शेर बहादुर खाति गरेका छन् । त्यस्तै त्रिबेणी नगरपालिकामा कणर् बहादुर थापा र मिन बहादुर भण्डारी सिफारीस भएका हुन् ।
बडिमालिका नगरपालिकामा १ जना महिला सहित तिन जना सिफारीस गरेको हो । अहिलेका नगरप्रमुख पदम बडुवाल, धनराज पण्डित र जुना दानीको नाम सिफारीस भएको हो । बुढिनन्दा नगरपालिकामा अहिलेका नगरप्रमुख पदम कुमार गिरी र राम बहादुर बोहोराको नाम सिफारीस भएको काँग्रेस एक नेताले बडिमालिका खबर सँग बताएका छन् ।
बाजुरा बाट काँग्रेसले चारवटा नगरपालिकाको नाम प्रदेशमा शिफारीस गरेको हो । गाउँपालिकाको उम्मेद्धवारको टुङ्गो नेपाली काँग्रेस जिल्ला कार्य समितिले नै लगाउने रहेको छ । नेपाली काँग्रेसका केही कार्यक्रताले पाटि सभापति रामसिं रावलले मनोमानी रुपमा सिफारिस गरेका भन्दै आक्रोश पोखेका छन् ।

चर्चामा

सम्बन्धित समाचार