मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • देशभर तापक्रम बढ्ने क्रममा

देशभर तापक्रम बढ्ने क्रममा

  • मङ्लबार, चैत्र १, २०७८
देशभर तापक्रम बढ्ने क्रममा

हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ । मंगलबार देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

बुधबार भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन\चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । बिहीबार देशभर मौसम सामान्यतया सफा रहने छ।

चर्चामा

सम्बन्धित समाचार