शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • आजको मौसम सफा, भोलि सामान्य वर्षाको सम्भावना

आजको मौसम सफा, भोलि सामान्य वर्षाको सम्भावना

  • बुधबार, फाल्गुन २५, २०७८
आजको मौसम सफा, भोलि सामान्य वर्षाको सम्भावना

काठमाडौँ — हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहने पनि बिहान प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकाअनुसार बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भुभागमा मौसम सामान्यतया सफा छ ।

दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएको छ । राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।

भोलि (बिहीबार) सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा अपराह्नपछि एक-दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना छ। कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

चर्चामा

सम्बन्धित समाचार