शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • के थापाद्धय कालि बहादुर शाहीलाई अध्यक्ष बनाउन राजी हुन्छन त ?

के थापाद्धय कालि बहादुर शाहीलाई अध्यक्ष बनाउन राजी हुन्छन त ?

  • बिहिबार, पुस ८, २०७८
के थापाद्धय कालि बहादुर शाहीलाई अध्यक्ष बनाउन राजी हुन्छन त ?

बाजुरा — नेकपा एमाले बाजुराको जिल्ला अधिबेशन नजिकीए सँगै एमाले नेताहरु अध्यक्षको दौडधुप सुरु भएको छ । नेकपा एमालेले देश भरमै पुष २३ गते जिल्ला अधिबेशन गर्ने तय गरे सँगै बाजुरामा पनी एमाले नेता तथा कार्यक्रताहरुको दौडधुप सुरु भएको हो ।
एमालेले स्थानिय तह र केन्द्रिय अधिबेशन गरिसकेको एमालेले जिल्लाको पुष २३ गते अधिबेशन गर्ने निणर्य गरे सँगै बाजुरामा जिल्ला कमिटिको पदाधीकारीहरुको लागि दौडधुप सुरु गरेका छन । २३ गतेको तयारीका लागि नेकपा एमाले बाजुराले ११ गते जिल्ला कमिटिको बैठक बोलाइसकेको छ ।
नेतृत्वको मुलधारमा रहेका नेता कणर् थापा र लाल बहादुर थापाको पक्षमा उभिएर जिल्ला कमिटिको पदाधिकारीमा जाने दौडधुपमा नेताहरु लागि परेका देखीन्छन । स्थायी कमिटि सदस्य कणर् बहादुर थापा र केन्द्रीय कमिटी सदस्य तथा जिल्ला ईन्चार्ज लाल बहादुर थापाले कसलाई अध्यक्ष बनाउ लाग्छन्, भने चासो समेत बढीरहेको छ ।
अहिले अध्यक्ष कालि बहादुर शाहीले पुन जिल्ला अध्यक्षमा उम्मेद्धवारी दिने भएपछि शाहीलाई नेता द्धय थापाले उनलाई बनाउन तयार हुन्छन् वा हुन्न भन्ने पनि चासो बढेको छ । पछिल्लो समयमा कालि बहादुर शाहीको लाल बहादुर थापा सँग निकै घनिष्ट रहेको पाईन्छ । उसो त शाहीको पहिला त कणर् थापा सँग पनि राम्रै रहेको बुझिन्छ । तर केन्द्रिय अधिबेशनमा अध्यक्ष शाहीले लाल बहादुर थापाको भने अनुसार प्रतिनिधि शिफारीस गरेको आरोप रहेको छ ।
पछिल्लो राजनितिक घटनाक्रमले कणर् बहादुर थापाले शाहीलाई समर्थन गर्छन्, वा गर्दैनन्, त्यो आकंलन गर्ने नसकिएको एमाले एक नेताले वताए । लाल बहादुर थापाले प्रष्ट रुपमा नभने पनि उनको चाहाना काली बहादुर शाहीलाई नै पुन अध्यक्ष बनाउन तिर लाग्ने बुझिएको छ । नेता थापा द्धयले शाहीलाइ अगाडि सारेमा शाही अध्यक्ष हुने सम्भाबना निकै बलियो सम्भाबना रहेको देखीन्छ, एमाले एक नेताले वताएका छन् । अध्यक्षका अन्य दाबेदार रहेका नेताको ब्यबस्थापन पनि मुख्य चुनौती देखीन्छ ।
शाही सगै भरत थापा, लाल बहादुर ओली, जनक बोहोराले भरत बुढा पनि अध्यक्षको दौडमा रहेको श्रोतले जनाएको छ । अध्यक्ष काली बहादुर शाहीले आफु जिल्ला अध्यक्षको तयारीमा रहेकोले त्यसैले केन्द्र प्रदेशमा कुनै पदमा पनि नरहेको वताएका छन् । तर उनि लाल बहादुर थापा निकट रहेकाले कणर् थापाले साथ दिने वा नदिने बिषयमा भने चर्चाको बिषय बनेको छ ।
जिल्ला अध्यक्ष कसलाई बनाउनेमा स्थायी कमिटि सदस्य कणर् बहादुर थापा र बाजुरा इन्चार्ज लाल बहादुर थापाको बढी भुमिका हुने देखीएको छ । उनलाई अध्यक्ष बनाउन स्थायी कमिटी सदस्य कणर् थापाको भुमिका के हुने भन्ने बिषयमा पर्ख र हेरको बिषय बनेको नेकपा एमालेका केही नेताहरुले बताउने गरेका छन । शाहीले भने आफु द्धय थापा मात्र नभइ अन्य नेता तथा कार्यक्रताको सहमतिको उम्मेद्धवार रहेको वताएका छन् । सबैजनाको समर्थन आफुलाई हुने शाहीको तर्क रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार