बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • २२ बर्ष भारत बसेका लालचन्द्रको परिवार गाउँ पुगेपछि अलपत्र

२२ बर्ष भारत बसेका लालचन्द्रको परिवार गाउँ पुगेपछि अलपत्र

काम गर्ने कम्पनि बाट श्रीमति र छोरी बिहारीले भगाएर लगे

  • सोमवार, मंसिर ६, २०७८
२२ बर्ष भारत बसेका लालचन्द्रको परिवार गाउँ पुगेपछि अलपत्र

बाजुरा — स्वामिकार्तिक खापर गाउँपालिका ४ वाइ बस्ने लालचन्द्र धामिको परिवार बिच्चलीमा परेको छ । सबै परिवार २२ बर्षदेखी भारतमा बस्दै आएका थिए । कोरोनाको कहर पछि उनको परिवार नेपाल आएको थियो ।
२२ बर्ष सम्म भारत बसेको उनको परिवार नेपाल आएको १ बर्ष भएको छ । अहिले उनको परिवार अरुको घर गोठमा बस्दै आएको स्थानिय काँग्रेस नेता जनम धामिले वताएका छन् । लालचन्द्रको न जग्गा छ, न घर न केही नभएपछि सबै परिवार भारत गएका थिए, गाउँ फिर्ता भएपछि झन बिच्चलीमा परेका छन् ।
लालचन्द्र धामिकि श्रीमति पार्वती खत्रि र उनकि जेठी छोरी लक्ष्मि धामि कम्पनिमा काम गर्ने कामदारले भगाएपछि उनको परिवार भारतमै बिच्चलीमा परेको थियो । लालचन्द्र धामि अपांग छन्, श्रीमति र छोरीले काम गरेर ७ जनाको परिवार पालिरहेका थिए । श्रीमति र जेठी छोरीले कामदार सँगै बिहे गरेपछि बिच्चलीमा परेका थिए । एकातिर कोरोनाको कहर अर्कोतिर श्रीमति अर्कोले लगेपछि बिच्चली भएर २२ बर्षपछि गाउँ फर्केको लालचन्द्र धामिले वताएका छन् ।
अहिले लालचन्द्र धामि सँग ५ जनाको परिवार छ । १७ बर्षिय छोरी अनु धामि, १४ बर्षकि नानु धामि, ९ बर्षको छोरा सुरज धामि र ७ बर्षको कपिल धामि रहेका छन् । उनिहरु भारतमा बस्दा बिद्यालय जाने गरेका थिए, अहिले नेपाल आएपछि बिद्यालयमा समेत नजाने गरेको स्थानियले वताएका छन् ।
लालचन्द्रका छोरा छोरी राम्रो सँग नेपाली बोल्न र लेख्न नजान्ने गरेका छन् । खानलगाउन त धौ धौ परेको लालचन्द्रलाई छोराछोरी पढाउनु त टाढाको बिषय बनेको छ । लालचन्द्रको छोरा सुरजले भने गाउँलले दिएका फाटा लुगा लगाउने गरेको बताए । नयाँ लुगा नलगाएको धेरै भइसकेको उनले वताए । बिद्यालय जाने रहर त थियो कापि कलम किन्ने पैसा समेत नभएको वताए ।
लालचन्द्र शारिरिक रुपमा अपांग छन्, छोरा छोरी पाल्नका लागि दैनिक गाउँ चाहारिरहेका छन् । काम गरमै कतै काम पाउदैन मागेर भएपनि परिवार पाल्ने गरेको रुदै लालचन्द्रले वताए । स्थानिय जनम धामिले भनेको उनको परिवार बिच्चलीमा परेको सहयोग गरिदिन आग्रह समेत गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार