शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • रडुवामा अवरुद्ध केआइसिंह राजमार्ग खुल्यो

रडुवामा अवरुद्ध केआइसिंह राजमार्ग खुल्यो

  • मङ्लबार, कार्तिक ९, २०७८
रडुवामा अवरुद्ध केआइसिंह राजमार्ग खुल्यो

डोटी– लगातारको बर्षा पछि पहिरो गएर अवरुद्ध बनेको डडेल्धुरा, डोटी सडक खण्ड अन्तरगत रडुवा खोलामा सोमबार वेलुका देखी यातायात सञ्चालन भएको छ ।

बर्षा पछि पहिरो खस्दा डडेल्धुराको रडुवा खोला सडक खण्ड भाँसिएको थियो । सडक खण्डमा नयाँ ट्रयाक निर्माण गरेर एक तर्फि सवारी आवागमन सुचारु गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

एक साता देखि अवरुद्ध डडेल्धुरा–डोटी जोड्ने केआईसिंह मार्ग सुचारु भएको हो । यात्रुको समस्यालाई मध्य नजर गरेर केआईसिंह मार्गको मर्मत संभार तिब्र पारिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।

‘सवै पक्षको साथ र सहयोगका कारण लगातार काम गरेर सोमबार देखी केआईसिंह राजमार्ग अन्तरगतको रडुवा खोलामा अबरुद्ध सडक सुचारु गरिएको छ,’ डोटीका प्रमुख जिल्ला अधिकारी शंकर विष्टले भने,‘सडकलाई पूर्णरुपमा सञ्चालन गर्न भने महिनौं लाग्न सक्दछ ।’ राजमार्ग सुचारु गर्न भीर काटेर नयाँ ट्रयाक तयार गरिएको छ ।

‘अझै पनि सडक मर्मतको कार्य जारी छ,’ प्रजिअ जोशीले भने,‘सडकको माथिबाट थप पहिरो नखसेमा एक तर्फि बाटो सञ्चालनमा आउने छ, बाँकी काम भइरहेने छ ।’ स्थानीय बासिन्दाले सडक मर्मत संभार गर्दा वस्ती जोखिममा पर्ने भन्दै मर्मत संभारमा अवरोध गरेका थिए ।

स्थानीय बासिन्दाको अवरोधका कारण बाटो मर्मत सम्भार गर्न नसकिएको केआईसिंह मार्गको गन्यापधुराको रडुवाखोला–गजरौला खण्ड शनिबारदेखि मर्मत संभार शुरु भएको थियो । रडुवा खोला–गजरौला खण्डमा सय मिटर भन्दा बढि सडक खण्ड पहिरोले बगाएको छ ।

बाढी र पहिरोले सडक नै बगाएपछि एक सातादेखि डडेल्धुरा–डोटी जोड्ने केआईसिंह मार्ग अवरुद्ध हुदा सर्वसाधारण तथा यात्रुरुहरु पैदल हुँदै कष्टकर यात्रा गर्दै आएका थिए ।

चर्चामा

सम्बन्धित समाचार