मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • समाचार
  • हुम्लामा पहिरोले पुरेर एकै परिवारका ६ जनाको मृत्यु

हुम्लामा पहिरोले पुरेर एकै परिवारका ६ जनाको मृत्यु

  • बुधबार, कार्तिक ३, २०७८
हुम्लामा पहिरोले पुरेर एकै परिवारका ६ जनाको मृत्यु

हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित खरेल गाउँमा पहिरोले पुरिएर ६ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर ७० वर्षीय धनवीरे शाहीसहित ६ जनाको मृत्यु भएको हुम्लाका डिएसपी हेरम्ब शर्माले  बताए ।

मृत्यु हुनेमा ५५ वर्षीय कुलबहादुर शाही, आशा शाही, १३ वर्षीय अलिन्द्र शाही, ५ वर्षीय हुसेन शाही र ३ वर्षका जसबहादुर शाही छन् । पहिरो हटाएर उनीहरुको शव निकालिएको छ ।

चर्चामा

सम्बन्धित समाचार