मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • प्रदेश ७
  • टीकापुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

टीकापुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • आइतवार, अशोज ३१, २०७८
टीकापुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

कैलालीमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका–२ विकास टोलमा से ६ प १९३१ नम्बरको मोटरसाइकल दुर्घटना हँदा चालकसहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा मोटरसाइकल चालक टीकापुर नगरपालिका–१ का १८ वर्षीय सुन्दर मगर र पछाडि सवार सोही ठाउँका १८ वर्षीय केशव मगरको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनाको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ही मोटरसाइकलमा सवार टीकापुरकै १९ वर्षीय आशिष मगरको भने कोहलपुरमा उपचार भइरहेको छ । तीव्र गतिका कारण अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना भएको प्रहरीको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार