शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाचार
  • नेपालगञ्‍जबाट मुगु जाँदै गरेको बस दुर्घटना: १६ को मृत्यु,१८ घाइते

नेपालगञ्‍जबाट मुगु जाँदै गरेको बस दुर्घटना: १६ को मृत्यु,१८ घाइते

  • मङ्लबार, अशोज २६, २०७८
नेपालगञ्‍जबाट मुगु जाँदै गरेको बस दुर्घटना: १६ को मृत्यु,१८ घाइते

मुगु — जिल्लाको छाँयानाथ रारा गाउँपालिका ७ पिनागाउँमा बस दुर्घटना हुँदा कम्तिमा १६ जनाको घटनास्थलमै मृत्यु भएको छ। अन्य १८ जना घाइते भएका छन्। घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ। अप्ठ्यारो भिरालोबाटोका कारण दुर्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ।

नेपालगञ्‍जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर दुर्घटना भएको हो। अहिले घाइतेहरुको उद्दारकार्य जारी छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको डीएसपी चित्रबहादुर भट्टराईले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार