शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाचार
  • जहाजमा समस्या आएपछि धनगढी विमानस्थल अवरुद्ध

जहाजमा समस्या आएपछि धनगढी विमानस्थल अवरुद्ध

  • सोमवार, अशोज २५, २०७८
जहाजमा समस्या आएपछि धनगढी विमानस्थल अवरुद्ध

धनगढी — धनगढी विमानस्थल अवरुद्ध बनेको छ। धनगढीबाट बाजुरा जाने समिट एयरको टायरमा समस्या आएपछि धावनमार्ग अवरुद्ध बनेको विमानस्थलका प्रमुख रामकृष्ण भट्टले जानकारी दिए।

टायरमा आएको खराबीका कारण सो जहाज उड्न नसकेर धावनमार्गमा रोकिएपछि अहिले धनगढी विमानस्थल अवरुद्ध भएको छ। समिट एयरको जहाज ग्राउण्डेड भएको र धावनमार्गबाट हटाउने प्रयास भइरहेको प्रमुख भट्टले बताए। ‘टायर जाम भएर जहान उड्न सकेन। पाइलटले इन्जिनीयरसँग सल्लाह लिइरहनु भएको छ। अब रनवेलाई सारेर विमानस्थल सञ्चालनको प्रयास गरिरहेका छौ, भोलिसम्म सञ्चालनमा आउने छ’ उनले भने।

सो विमानका कारण यहाँबाट काठमाडौंंका लागि उड्ने श्री एयरलाइन्सको जहाज पनि उड्न पाएको छैन। यस्तै काठमाडौंबाट आउने बुद्ध एयरको जहाज पनि आउन पाएको छैन।

चर्चामा

सम्बन्धित समाचार