शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • काँग्रेस बाजुराद्धारा शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रम

काँग्रेस बाजुराद्धारा शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रम

  • आइतवार, अशोज २४, २०७८
काँग्रेस बाजुराद्धारा शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रम

बाजुरा —  नेपाली काँग्रेस बाजुराकाे नवनिर्वाचित जिल्ला कार्यसमितिको आयोजनामा विजया दशमी तथा शुभदिपावलीको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । नेपालि काङ्ग्रेस बाजुराको पहिलो निर्वाचित जिल्ला कार्यसमिति बाजुराले शुभकामना तथा चियपान कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा केन्द्रीय सदस्य बद्री प्रसाद पाण्डे , मान बहादुर रावल,महिला संह केन्द्रीय सदस्य जुना दानी,राधिका देवी सिंह विद्या तिमिलसेना, चक्र बहादुर शाह,नरेन्द्र राेकाय लगाएतका नेताहरु अतिथिकाे रूपमा उपस्थिती रहेकाे थियाे।

प्रमुख जिल्ला अधिकारी गोपाल कुमर अधिकारी , नेकपा समाजवादी बाजुराका अध्यक्ष गगन रावल, नेकपा एमाले बाजुराका प्रचार बिभाग प्रमुख अमर खड्का, पुर्व भुमी सुधार मन्त्री जनकराज गिरी ,नेपाली काँङ्ग्रेसका केन्द्रीय सदस्य बद्री प्रसाद पाण्डेले शुभकामना मन्तव्य राखेका थिए । शुभकामना मन्तव्य राख्ने सबै व्यक्तीले नवनिर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारीहरुलाई बधाई तथा विजया दशमी तथा शुभदिपावलीकाे शुभकामना दिएका छन् ।

पार्टी सभापति रामसिंह रावलको अध्यक्षतामा संचाल भएको कार्यक्रमको प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री प्रसाद पाण्डे रहेका थिए । नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाजुराका सचिव तिलक पुरीले स‌ंचालन गरेकाे कार्यक्रममा नेपाली काँग्रसेका नेता तथा कार्यक्रताहरुकाे उपस्थिति रहेकाे थियाे । उक्त कार्यक्रममा नेपाली कांग्रेस बाजुराका जिल्ला कार्यसमिति उप सभापति पदम बडुवालले स्वागत मन्तव्य बाट सबैलाई शुभकामना व्यक्त गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार