शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • दशैमा सहुलियत चामल बिक्रि गरेपछि चामल किन्नेको घुइँचो

दशैमा सहुलियत चामल बिक्रि गरेपछि चामल किन्नेको घुइँचो

  • शुक्रबार, अशोज २२, २०७८
दशैमा सहुलियत चामल बिक्रि गरेपछि चामल किन्नेको घुइँचो

बाजुरा–खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले चाडपर्वलाई लक्षित गर्दै सहुलियत दरमा चामल बिक्रि गरेपछि चामल लिनेको निकै घुइँचो लागेको छ । एकातिर चामल अभाब थियो, अर्कोतिर चामल आएर सहुलियतमा बिक्रि भएपछि चामल किन्नेको निकै घुइँचो लाग्ने गरेको खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड कोल्टि डिपोका प्रमुख नविन आर्चायले वताए ।
डिपो बाट तिन दिन यता २ सय ४७ कुन्टल बिक्रि भएको आर्चायले वताए । एकजनालाई ३० केजीका दरले बिक्रि गर्ने गरेको उनले वताए । बिक्रि भइरहेको भन्दा प्रतिकेजी ५ रुपैया छुट दिएपछि चामल किन्नेको निकै घुइँचो लाग्ने गरेको छ । डिपोमा ३ सय ३५ कुन्टल मौजात रहेको बाँकि ढुवानी भइरहेको छ ।
खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा र कोल्टि डिपो बाट प्रतिकेजी ५ रुपैया दर छुट गरेर मंगलबार बाट बिक्रि शुरु गरेको थियो । खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यलय बाजुराले अरुवा मोटो चामल प्रतिकेजी ४५ बाट ५ रुपैया छुट गरेर ४० मा मार्तडी बिक्रि शुरु गरेको हो । त्यस्तै कोल्टि डिपो बाट प्रतिकेजी ४८ बाट ५ रुपैया छुट दिएर प्रतिकेजी ४३ मा बिक्रि गरिरहेको छ ।
चाडपर्वलाई लक्षित गरेर खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड केन्द्रको निणर्य अनुसार ५ रुपैया प्रतिकेजीमा छुट दिएको बाजुरा शाखा प्रमुख ओझाले वताए । कार्तिक २४ सम्म गते सम्मका लागि छुट गरेको छ । चामल किन्न आउदा नागरिकताको प्रतिलिपि अनिवार्य ल्याउनु पर्ने र एकजनाले ३० केजी चामल पाउने रहेको छ ।
अहिले खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा चामल ढुवानी भइरहेको जनाईएको छ । अब चामलको समस्या नहुने शाखाले जनाएको छ । केही दिन पहिला मात्र बाजुरामा चामल सकिएपछि बाजुरामा रहेका डिपो बन्द भएका थिए । खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल सकिएको भन्दै लिमिटेडले बिक्री गर्न नसकीने सूचना टाँस गरेको थियो ।
बाजुरामा दशै तिहारको मुखमा चामल सकिएपछि केन्द्रमा पहल गर्दा चामल ढुवानी भएर सहुलितमा बिक्रि शुरु गरेको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले वताएका छन् । यो आर्थिक बर्षमा मार्तडीका लागि ६ हजार, कोल्टिका लागि ७ हजार र कवाडी डिपोका लागि ३ हजार कुन्टल स्वीकृत भएको छ । प्रक्रिया अघि बढाएर चामल ढुवानी भएर बिक्रि शुरु गरेको हो । दशैमा चामल नआउने चिन्ता थियो, डिपोमा चामल पनि आयो छुट पनि पाउदा निकै सहज भएको स्थानिय काल्चे नेपालीले वताए ।

चर्चामा

सम्बन्धित समाचार