शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा काँग्रेस सभापतिमा चक्र शाह रामसिंह रावललाइ सघाउदै

बाजुरा काँग्रेस सभापतिमा चक्र शाह रामसिंह रावललाइ सघाउदै

  • बिहिबार, अशोज २१, २०७८
बाजुरा काँग्रेस सभापतिमा चक्र शाह रामसिंह रावललाइ सघाउदै

बाजुरा–नेपाली काँग्रेस बाजुराको सातौ जिल्ला अधिबेशनको पहिलो चरणका सभापतिका उम्मेद्धवार चक्र शाहले राम सिंह रावललाई सहयोग गर्ने भएका छन् ।
पहिलो चरणमा १ सय ५२ मत ल्याएका शाहले दोस्रो चरणको चुनावमा रावललाई सहयोग गर्ने भएका छन् । उनले भने पुस्तान्तरण र नेतृत्व परिवर्तनका लागि पनि रावललाई सहयोग गर्ने भएको शाहले बडिमालिका खबर सँग बताएका छन् । आफु पक्षका सम्पुणर्लाइ सभापति पदमा रावललाई सहयोग गर्न अपिल समेत गरेका छन् ।
पहिलो चरणमा कबिराज पण्डित, रामसिहं रावल र चक्र शाह बिच प्रतिश्पर्धा भएको थियो । पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि सभापतिको लागि दोस्रो चरणमा मतदान हुने भएको छ । पहिलो चरणमा कुल खसेका १२ सय ५ मत मध्ये कबिराज पण्डितको ४ सय ८९, राम सिं रावलले ४ सय ७४ र चक्र शाहले १ सय ५२ मत ल्याएका थिए ।
दोस्रो चरणको मतदान विहिवार दिउसो १ बजे बाट हुने भएको छ । पण्डित देउवा पक्षका उम्मेद्धवार हुने भने रावल सिटौला पौडेल पक्षका उम्मेद्धवार रहेका छन् । अन्य कार्यसमितिमा भने सिटौला पौडेल पक्ष विजयी भएका छन् । चक्र शाह बिगतमा देउवा पक्षका रुपमा चिनिदै आएका थिए । अहिले भने पौडेल सिटौला पक्षका उम्मेद्धवार रावललाई सहयोग गर्ने भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार