मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • राजनीति
  • महाधिबेशन प्रतिनिधी शाहद्धारा सभापतिको उम्मेदवारीमा घोषणा

महाधिबेशन प्रतिनिधी शाहद्धारा सभापतिको उम्मेदवारीमा घोषणा

  • बुधबार, भदौ ३०, २०७८
महाधिबेशन प्रतिनिधी शाहद्धारा सभापतिको उम्मेदवारीमा घोषणा

बाजुरा — नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधी चक्र शाहले नेपाली काँग्रेस बाजुराको सभापति पदको उम्मेद्धारी घोषणा गरेका छन । सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन गरि सबैको साझा उम्मेद्धारको रुपमा आफुलाई सभापतीको उम्मेद्धार घोषणा गरेका हुन ।
नेपाली काँग्रेस बाजुराको ७ औँ जिल्ला अधिबेशन नजिकीदै गर्दा नेपाली काँंग्रेस बाजुराको जिल्ला सभापतिको पदका आकांक्षी बढ्न थाले संगै महाधिबेशन प्रतिनिधी शाहले पनी जिल्लाकोे नेतृत्वमा जाने बताएका छन । काँग्रेसको छैटौ अधिबेशनमा निर्बाचित महाधिबेशन प्रतिनिधी शाह आफु युवा पुस्ताको नेतृत्व लिन सबै युवाहरु एक जुट भएको उनले बताए ।
सोही चाहाना अनुरुप जिल्लाको नेतृत्व गर्न ईच्छुक भएकोले आफु सबै युवाहरुको साझा सभापतीको उम्मेद्धार रहेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन । आफु सबैको साझा उम्मेद्धारमा स्थापित हुन र युवाहरुको जनभावनाको कदर गर्नका लागि भए पनि आफुले नेतृत्व लिन आबस्यक रहेको बताए ।
यस अघी सभापती लगायतका पदमा उम्मेद्धारी घोषणा गर्नेहरु पार्टीको प्यानल गत रुपमा उम्मेद्धारी घोषणा गरेका भए पनि आफु भने सबैको साझा उम्मेद्धार बन्ने पत्रकार सम्मेलनमा बताए ।
नेता शाहले आफु सभापती भएका गुट उपगुटको अन्त्य गर्दै एकताको सन्देश दिने बताएका छन । “उनले अर्को प्रशंगमा चुनावमा जानु परे पनि चुनावमा पनी लड्न तयार रहेको बताए । आफुलाई जिल्लाका माथिल्लो तहका नेताहरुको सर्मथन रहेको बताएका छन । जिल्लाका नेता देबराज जोशी, बद्री पाण्डे र जनकराज गिरीको समेत आफुलाई सर्मथन रहने बताएका छन । ”

चर्चामा

सम्बन्धित समाचार