बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • राजनीति
  • बर्तमान सभापती पण्डितद्धारा पुन सभापतिको उम्मेदवारी घोषणा

बर्तमान सभापती पण्डितद्धारा पुन सभापतिको उम्मेदवारी घोषणा

  • शनिबार, भदौ २६, २०७८
बर्तमान सभापती पण्डितद्धारा पुन सभापतिको उम्मेदवारी घोषणा

बाजुरा — नेपाली कांग्रेसको १४ औं महाधिवेशन निश्चित भएपछि देशका विभिन्न जिल्लामा चुनावी चहलपहल बढेको छ । सोही क्रममा नेपाली काग्रेस बाजुराका प्रभावशाली नेता तथा नेपाली काग्रेस बाजुराका सभापति कबिराज पण्डितले पुन बाजुरामा सभापतीको उम्मेद्धारी रहने घोषणा गरेका छन । जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरि सभापती पण्डितले पुन सभापतीमा दोहोरीने घोषणा गरेका हुन । पार्टीको बिधानतह मैलै एक पटक पुन पार्टीको सभापतीमा दोहोरीने आकाङ्क्षा रहेको कबिराज पण्डितले बताएका छन ।
नेपाली काँग्रेसको १४औँ महाधिवेसन नजिकीदै गर्दा नेपाली कांग्रेस बाजुराको जिल्ला सभापतिको पदका आकांक्षी बढ्न थाले संगै बर्तामान सभापती पण्डितले पनी एक पटक पुनः सभापतीमा दोहोरीने र सभापतीको उम्मेद्धवारीे रहने बताएका छन । काँग्रेसको छैटौ अधिबेशनमा निर्बाचित भइसकेका केही कामहरु अधुरो रहेकोले सो काम पुरा गर्न सभापती पण्डितले ७ औँ जिल्ला अधिवेसनमा आफु सर्बसम्बत रुपमा सभापती हुने बताएका छन ।
नेपाली कांग्रेस जिल्ला कार्य समितिका सभापतीइ समेत रहेका नेता पण्डितले आसन्न १४ औँ महाधिवेसन तथा ७ औँ जिल्ला अधिबेशनमा निरबिरोध सभापतिको उम्मेद्धवारी रहेको बताएका छन ।
नेपाली कांग्रेस बाजुरा जिल्लाको सभापतिका लागि आकांक्षीहरु नखुले पनि भित्र भित्रै कसरत भने धेरै जनाले सुरु भईसकेको छ । धेरै जना मध्य आफु जिल्लामा निरबिरोध सभापतीको उम्मेद्धार रहेको सभापति पण्डितले बताएका छन । आफुले जिल्लाको बिकास संगै पार्टि संगठनहरु बलियो बनाउन गरेको प्रयासका आधारमा आफुलाइृ सभापति बन्न जिल्लाका सबै नेताहरुको जोड रहेको सभापति पण्डितले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार