शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • भनसुनमा प्रहरीमा जागिर लगाएको दाबी गर्ने नेविसंघका कार्यकर्ता पक्राउ

भनसुनमा प्रहरीमा जागिर लगाएको दाबी गर्ने नेविसंघका कार्यकर्ता पक्राउ

  • शनिबार, भदौ २६, २०७८
भनसुनमा प्रहरीमा जागिर लगाएको दाबी गर्ने नेविसंघका कार्यकर्ता पक्राउ

गृहमन्त्री बालकृष्ण खाँणलाई भनेर प्रहरीमा नाम निकालिदिएको दाबी गर्ने नेपाल विद्यार्थी संघमा आवद्ध एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्युठानको ऐरावती गाउँपालिका–१ दाङबाङ घर भएका नरेन्द्र गुरुङलाई पक्राउ गरिएको प्युठानका डिएसपी सुनिल मल्लले  बताए ।

गुरुङले आफ्नो व्यक्तिगत पहल र नेपाली कांग्रेस प्यूठानका उपसभापति बद्री लम्साल समेतको सिफारिसमा प्युठानका ४१ जनाले प्रहरीमा नाम निकालेको सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । समाजिक सञ्जालमा गुरुङले नाम निकाल्नका सहयोग गरेको भन्दै गृहमन्त्री बालकृष्ण खाँणलाई ‘धन्यवाद’ दिँदै नाम निकाल्नेहरूको सूची समेत पोष्ट गरेका थिए । गुरुङलाई प्युठान नगरपालिका–१ स्थित जुम्रीबाट पक्रेर आवश्यक अनुसन्धान शुरु गरिएको डिएसपी मल्लले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार