शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुरा काँग्रेस अधिवेशन : नामावली नआउँदा वडा अधिवेशन अनिश्चितकालका लागि स्थगित

बाजुरा काँग्रेस अधिवेशन : नामावली नआउँदा वडा अधिवेशन अनिश्चितकालका लागि स्थगित

  • शुक्रबार, भदौ १८, २०७८
बाजुरा काँग्रेस अधिवेशन : नामावली नआउँदा वडा अधिवेशन अनिश्चितकालका लागि स्थगित

बाजुरा — क्रियाशील सदस्यता सम्बन्धी चर्को विवादका बीच आज (शुक्रबार) देखि देशैभरी नेपाली काँग्रेसको वडा अधिवेशन शुरु हुँदैछन । विधानतः चार वर्षमा हुनुपर्ने काँग्रेस महाधिवेशन यस पटक साढे पाँच वर्षपछि हुँदैछ । काँग्रेसले पटक पटक महाधिवेशनको मिति परिर्वतन गर्दै पछिल्लो पटक भदौ १८ गतेदखि वडा अधिवेशनहरू शुरु गर्ने निर्णय गरेको थियो । यस पटक पनि अधिवेशन नभए पार्टीको वैधानिकतामाथि नै प्रश्नचिन्ह लाग्ने सम्भावना थियो ।

चौधौं महाधिवेशनमा क्रियाशील सदस्यताको सबैभन्दा चर्को विवाद र मतदाता नामावली बाजुरा नपुगेका कारण बाजुरामा वडा कार्य समितिकाे अधिबेशन अनिश्चत रूपमा स्थगित गरिएकाे  नेपाली काग्रेसकाे बिज्ञप्तीमा उल्लेख गरिएकाे छ । सुदूरपशिचम प्रदेशका कैलाली, डडेल्धुरा र बाजुरामा अझैंसम्म पनि क्रियाशील सदस्यताको टुंगो लागेको छैन । क्रियाशील सदस्यताको टुंगो नलागेका कारण ती जिल्लाको वडा अधिवेशन हालका लागि स्थगित भएको छ ।

No description available.

नेपाली काँग्रेस बाजुराले कार्यसमितिले बिहीबार विज्ञप्ती जारी तोकिएकै समय (भदौं १८ गते) मा वडा तहको अधिवेशन नहुने जानकारी दिएको छ । ‘सातौ जिल्ला अधिवेशनलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि क्रियाशिल सदस्यताको नामावली प्राप्त भइसकेपछि केन्द्रीय निर्वाचन प्रतिनिधिको रोहबरमा जिल्लाको बैठक आयोजना गरिने छ’ काँग्रेस बाजुराद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

पार्टी जिल्ला सभापति कविराज पण्डितले भने– बिहीबार साँझसम्म पनि क्रियाशील सदस्यको नामावली प्राप्त भएन । त्यसैले केन्द्रीय प्रतिनिधि सन्तोष भण्डारीको सहमतिमा हाललाई वडा अधिवेशन स्थगित गरेको सूचना नै जारी गरेका छौं । उनले थपे– क्रियाशील सदस्यता नामावली प्राप्त भएपछि मात्रै वडा अधिवेशन प्रक्रिया शुरु गर्नेछौं । एक संसदीय निर्वाचन क्षेत्र रहेको बाजुरामा ६९ वडाहरू रहेका छन् ।

पाटी सभापति कविराज पण्डित र सचिव रनसिंह अयडीद्धारा हस्ताक्षरिक बिज्ञप्तीमा पाटीले क्रियाशिल सदस्यको नामावली जिल्लामा आउने निर्वाचन अधिकृतलाई नदिएकोले वडामा खटाइने मतदान अधिकृत समेत बाकी रहेकाले भदौ १८ गते हुने वडाअधिवेशन अर्काे सुचना जारी नभए सम्मका लागि  स्थगित गरिएको जारी सूचनामा उल्लेख छ ।

चर्चामा

सम्बन्धित समाचार