• होमपेज
  • बाजुरा बिशेष
  • बर्षातले अबरोध गरेका सडक सञ्चालन नहुँदा बिरामीलाई समस्या

बर्षातले अबरोध गरेका सडक सञ्चालन नहुँदा बिरामीलाई समस्या

  • बुधबार, साउन २७, २०७८
बर्षातले अबरोध गरेका सडक सञ्चालन नहुँदा बिरामीलाई समस्या

बाजुरा — बर्षातले बाजुराका मुख्य राजमार्ग सँगै स्थानिय सडक अबरोध भएपछि बिरामीलाई निकै समस्या भइरहेको छ । नौ वटै स्थानिय तहमा सडक अबरोध भएपछि बिरामीलाई उपचारका लागि बोकेर स्वास्थ्य संस्था तथा जिल्ला बाहिर लिन निकै सकस भइरहेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।
बाजुरा जोड्ने मुख्य सडकमार्ग साँफे मार्तडी सडक खण्ड पनि अबरोध रहेको छ । सडक खण्डको बाजुराको अम्कोटमा बर्षात लागे देखी पहिरोले सडक अबरोध भएको छ । अम्कोटमा सडक अबरोध हुदा जिल्ला अस्पताल बाजुरा बाट रिफर भएर जिल्ला बाहिर लिनुपर्ने बिरामीलाइ समस्या भएको छ । पहिरोमा जोखिम मोलेर बोकेर बिरामी लिनु परेको बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले वताएका छन् ।
बाजुराका उत्तरी क्षेत्रका चार स्थानिय तह, हुम्ला मुुगु जोड्ने मार्तडी कोल्टि सडक खण्डको ३० किलोमिटर बर्षातले पहिरो गएर अबरोध भएको छ । असार देखी नै सडक अबरोध भएकाले अस्पताल बाजुरामा बिरामी उपचार ल्याउनका लागि बोकेर ल्याउनु परेको बिडमालिका ७ का स्थानिय बल बहादुर रोकायाले वताएका छन् ।
जिल्लाका ९ वटै स्थानिय तहमा रहेका स्थानिय सडक पुणर् रुपमा अबरोध रहेका छन् । मुख्य राजमार्ग त अबरोध रहेका छन्, स्थानिय सडक पुणर् रुपमा अबरोध भएका छन्, सडक खोल्ने कुनै सुरसार समेत नभएको स्थानियले वताएका छन् । सडक अबरोध हुदा समयमै अस्पतालमा बिरामीलाई पुुयाउन सकेका छैन्, पहिरोले बिरामी बोक्न समेत समस्या भएको खप्तडछेडेद गाउँपालिका १ का स्थानिय दान बहादुर रोकायाले वताएका छन् ।
बाजुराका गौमुल गाउँपालिका जोड्ने सडक मार्तडी घटमुना सडक धेरै ठाउँमा क्षतबिक्षेत भएको छ । गाउँपालिका अध्यक्ष हरि बहादुर रोकाया भन्छन्, बिरामीलाइ उपचारमा लिन निकै सकस सँगै गाउँपालिका दैनिक उपभोग्य सामानको मुल्यमा बृद्धि भएको वताएका छन् । बाजुराका दुुर्गममा रहेका हिमाली, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिका स्थानियलाई निकै झनै सकस भएको छ ।
कणर्ाली करिडोर पटक पटक अबरोध भइरहन्छ, डोजर लगाएर सञ्चालनमा ल्याउने त गरेका छौ, स्थानिय सडक सञ्चालन ल्याउनका लागि पानि कम नहुँदा सम्म सडक खोल्न समस्या रहेको गाउँपालिका अध्यक्ष कालि बहादुर शाहिले वताएका छन् । साहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले भने राजमार्ग पानि कम हुुने बितिकै खोल्न तयारी रहेको बताए । स्थानिय तहमा रहेका सडक पनि सञ्चालनका लागि स्थानिय तहलाई जानकारी गराउने वताए ।
बाजुरा जिल्ला नै बाढिपहिरोको उच्च जोखिममा रहेकाले सधैका बर्षातमा सडक अबरोध हुने गरेको छ । मुख्य राजमार्ग साँफे मार्तडी सडक पनि बर्षातका चार महिना सम्म तिन बर्ष देखी लगातार अबरोध हुदै आएको छ । सडक बन्द हुदा बाजुरा दैनिक उपभोग्य सामान मुल्य पनि आकासिएको छ ।

चर्चामा

सम्बन्धित समाचार