शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • छुटाउनु भयो कि?
  • बाजुरामा अक्सिजन पलान्ट र पिसीआर भदौ मसान्त सम्म जडान कार्य सम्पन्न हुने

बाजुरामा अक्सिजन पलान्ट र पिसीआर भदौ मसान्त सम्म जडान कार्य सम्पन्न हुने

  • आइतवार, साउन २४, २०७८
सेयर गर्नुहोस् :
बाजुरामा अक्सिजन पलान्ट र पिसीआर भदौ मसान्त सम्म जडान कार्य सम्पन्न हुने

बाजुरा — जिल्ला अस्पताल बाजुरामा जडान कार्य भईरहेको अक्सिजन पलान्ट र पिसीआर मेशिनको जडान कार्य भदौ मसान्त सम्म सम्पन्न हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बाजुरामा पत्रकारहरुसंगको कुराकानीमा जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर प्रकाश जोशीले यस्तो बताएका हुन ।
पिसिआर मेशिन र अक्सिजन पलान्ट बनाउने कम्पनीको म्याद भदौ १५ गते सम्म रहेको भए पनि बाटोका कारण सामान ढुवानीमा समस्या भएका कारण भदौ मसान्त सम्म दुबै काम सम्पन्न गर्न सकिने डाक्टर जोशीले बताएका छन । अक्सिजन पलान्टको काम धरै अगाडी बढिसकेकोले भदौ १५ गते काम सम्पन्न गर्न सकिने पनी आकलन गरिएको बताएका छन । आउदो बुधबारसम्म अक्सिजन पाईपलाइन आईपुग्ने र भदौ १५ गते अक्सिजन पलान्ट इन्स्टल गर्ने बताएका छन । त्यस्तै पिसिआर मेशीन जडानको कार्यलाई पनि तिर्बता दिएको र केही सामान चिनबाट आउन ढिलाई भएकोले समस्या भएको बताएका छन । अबको केही दिनमा नै सो सामान नेपाल आईपुग्ने र बाटोको समस्या भएमा हेलिक्पटरमार्फत पनि सो सामान ढुवानी गरी संचालनमा ल्याउने तयारी भएको डाक्टर जोशीले बताएका छन ।
प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको अध्यक्षतामा संचालन भएको पत्रकारहरु संगको भेटघाट कार्यक्रममा कोरोनाको तेस्रो लहर रोकथाम तथा नियन्त्रण कसरी गर्ने भन्ने बिषयमा छलफल गरिएको छ ।
हाल जिल्लामा कोरोनाको जोखीम त्यती धेरै नभए पनि हुन सक्ने सम्भावनाहरुलाई न्युनिकरण कसरी गर्ने भन्ने बिषयमा जिल्ला प्रशासन कार्यालय बाजुराको आयोजनामा पत्रकार संग छलफल कार्यक्रमको आयोजना गरिएको हो ।
हाल जिल्लामा ७ जना कोरोनाका सक्रमित रहेका स्वास्थ्य कार्यालय बाजुराका सुचना अधिकारी महेस चन्दले बताएका छन । स्वास्थ्य कार्यालय बाजुराका अनुसार ३२ गते देखी कोरोना बिरुद्धको जेनशेन खोप संचालन गरिएको चन्दले बताए ।
त्यसै गरी जिल्लामा बालबालिकाहरु धेरै बिरामी भएकाले यस बिषयमा सबैले सजकता अपनाउनु पर्ने प्रमुख जिल्ला अधिकारीले बताएका छन । मौसमी फुलु जस्तै रहेका धेरै बालबालिकाहरु ३ बर्ष मुनीका रहेका जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर प्रकाश जोशीले बताएका छन ।
यस बिषयमा अहिले जिल्लामा संचालन गरिएका बिद्यालयमा समेत प्रभाव पर्ने हुदा बिद्यालयहरुले पनि सजकता अपनाउनु पर्ने बताएका छन । स्वास्थ्यका मापदण्ड बनाएर मात्रै बिद्यालय संचालन गर्ने नभए बिद्यालय संचालनमा नल्याउन सबै स्थानीय तहरुमा पत्रचार गरिएको र यसको पालन नगरेको खण्डमा कार्बाही गरिने प्रमुख जिल्ला अधिकारीले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार