बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • राजनीति
  • काँग्रेस बाजुराद्धारा अदालतकाे फैसलाको स्वागत, दिउसाे बिज्ञप्ती साँझ दिप प्रज्वलन

काँग्रेस बाजुराद्धारा अदालतकाे फैसलाको स्वागत, दिउसाे बिज्ञप्ती साँझ दिप प्रज्वलन

  • सोमवार, असार २८, २०७८
काँग्रेस बाजुराद्धारा अदालतकाे फैसलाको स्वागत, दिउसाे बिज्ञप्ती साँझ दिप प्रज्वलन

नेपाली काँग्रेस बाजुराले सर्वोच्च अदालतले सोमबार एतिहासिक फैसला गरेको भन्दै स्वागत गर्दै दिउसाे बिज्ञप्ती जारी गरेकाे छ भने साझँ लाेकतान्त्रीक चाेकमा दिप प्रज्वलन समेत गरेकाे छ । नेपाली काँग्रेस बाजुराले सोमबार एक पत्र सार्वजनिक गर्दै सम्मानित अदालतले नेपाली काँग्रेस लगायत ५ दलले दर्ता गरेको रिट निवेदन उपर गरेको फैसलाको स्वागत गरेकाे जनाएकाे छ ।

नेपाली काँग्रेस बाजुराका सभापति कविराज पण्डितद्धारा हस्ताक्षरित पत्रमा यो फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको छ भन्ने स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको उल्लेख गरेको छ । त्यस्तै लोकतन्त्र र लोकतान्त्रिक संविधानको रक्षाका लागि विभिन्न ढंगले आन्दोलनमा सरिक राजनैतिक दलहरु सवै कानुन व्यवसायीहरु भातृ शुवेच्छुक संस्थाहरु नागरिक आन्दोलन र सजक संचार माध्यम एंव स्वदेश र विदेशमा रहेका सवै नेपाली दिदीवहिनी दाजुभाईलाई बधाई ज्ञापन गर्दछु काँग्रेस सभापति पण्डितद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

त्यस्तै अदालतकाे फैशालाकाे सम्मान स्वरूप जिल्ला सदरमुकाम मार्तडीमा रहेकाे लाेकतान्त्रीक चाेकमा दिप प्रज्वलन समेत गरेकाे छ । दिप प्रज्वलन  कार्यक्रममा नेपाली काग्रेश सम्बन्ध जिल्लाका नेता तथा कार्यक्रताहरूकाे समते सहभागीता रहेकाे नेपाली काग्रेश बाजुराले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार