शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • अबिरल बर्षाका कारण बाम्का बजारमा क्षेति २ पसल बगायो दर्जन बढी जोखिममा

अबिरल बर्षाका कारण बाम्का बजारमा क्षेति २ पसल बगायो दर्जन बढी जोखिममा

  • शुक्रबार, असार १८, २०७८
अबिरल बर्षाका कारण बाम्का बजारमा क्षेति २ पसल बगायो दर्जन बढी जोखिममा

बाजुरा — बिहीबार राति आएको अबिरल बर्षाका कारण बुढीगंगा नगरपालिका ६ बाम्का बजारमा ठुलो क्षेति भएको छ । बाम्का बजार क्षेउको छडा खोलाले कटान गर्दा २ ओटा पसल बगाएको बार्जुगाड प्रहरी चौकीको सई रामबहादुर थापाले जानकारी दिएका छन् । एक दर्जन भन्दा बढी पसल भित्र पानी माटो सपेर ठुुलो क्षेती भएको सई थापाले बताए ।
बाम्का बजारमा होटेल ब्यबसाय गर्दै आएका त्रिबेणी नगरपाललिका लोकेश नाथ र सोही नगरपालिकाका ग्यारेज पसल संचालन गर्दै आएका मन थापाको पसल बगाएको प्रहरीले जानकारी दिएको छ । छडा खोलाले कटान गर्दा पसलको पछाडीको भाग बत्केपछि पसलमा क्षेती भएको हो ।
त्यसै गरी गजेन्द्र शाहको हाडवर्यर, राजेश साउदको मोटरसाईकल ग्यारेज, लगाएत दर्जन बढी पसमा पानी पसेर क्षेती भएको सई थापाले जनाकारी दिएका छन् ।
पसलमा पानी पसेर सिमेन्ट, दैनीक उपभोग्य सामान मोटरसाईकल मर्मतका पाटपूर्जा, टाएर लगाएत धेरै सामग्री केही बगाएको छ । भने केही पानी पसेर पुरै क्षेति भएको छ । क्षेतिको बिबरण संकलन भईराखेको बार्जुगाड प्रहरी चौकीका सई रामबहादुर थापाले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार