मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाचार
  • सदरमुकाम चैन्पुरमा प्रहरीद्रारा अवैध मदिरा नष्ट

सदरमुकाम चैन्पुरमा प्रहरीद्रारा अवैध मदिरा नष्ट

  • आइतवार, जेष्ठ ३०, २०७८
सदरमुकाम चैन्पुरमा प्रहरीद्रारा अवैध मदिरा नष्ट

अर्थ जङ्ग शाही/बझाङ्ग — जिल्ला प्रहरी कार्यालय बझाङ्गले २५ र २७ गते विभिन्न स्थानबाट बरामद गरी ल्याएको अवैध घरेलु मदिरा आज नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय चैन्पुरमा रहेको चौकीले कोरोना भाइरसको जोखिमावस्थामा लागु गरिएको बन्दाबन्दीको समयमा अटेर गरी चैन्पुरको चौराहा, सिमखेतको भित्रीबजारमा घरेलु मदिराको व्यापार तथा भट्टी पसल सञ्चालन गरिरहेको थाहा पाई १७ सय २० लिटर घरेलु मदिरा फेला पारेर ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी ईन्सपेक्टर कमल प्रसाद चौधरीले बताउनु भयो।

ईन्सपेक्टर चौधरीका अनुसार घरेलु मदिरा बिक्रीवितरण गर्ने जोकोहीलाई पनि कानुनको दायरामा ल्याई कारवाही गरिने बताएका छन्। प्रहरीले यसैअघि पनि धेरै मात्रामा घरेलु अवैध मदिरा नष्ट गरेको थियो।

चर्चामा

सम्बन्धित समाचार