शुक्रबार, असार ४, २०७८
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा पछिल्लो २४ घण्टामा २९ जना संक्रमित थपिए, संक्रमितको सख्या ७४२ पुग्यो

बाजुरामा पछिल्लो २४ घण्टामा २९ जना संक्रमित थपिए, संक्रमितको सख्या ७४२ पुग्यो

  • बिहिबार, जेष्ठ २७, २०७८
बाजुरामा पछिल्लो २४ घण्टामा २९ जना संक्रमित थपिए, संक्रमितको सख्या ७४२ पुग्यो

बाजुरा — बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना २९ जनामा कोरोना पुष्टी भएको छ । यो संगै बाजुरामा संक्रमितको सख्या ७ सय ४२ पुगेको छ । आज १४५ जनाको एन्टिजेन बिधीबाट परिक्षण गर्दा २९ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला अस्पताल बाजुरामा कोरोना संक्रमणबाट बिहीबार विहान एक जना संक्रमितको उपचारका क्रममा मृत्यु भएकोे छ । मृत्यु हुनेमा गौमुल गाउँपालिका-६ हाल बडीमालिका नगरपालिका-९ मार्तडी बस्दै आएका ७३ वर्षीय पुरुष रहेको जनाएको छ ।
आज बाजुरामा १५ निको भएर घर फर्किएको तथ्याङक रहेको छ । बाजुरामा निको हुनेको सख्या ४ सय ४७ पुगेको छ । जिल्लामा पछिल्लो एक हप्तामा संक्रमित हुनेको सख्या भन्दा निको हुनेको सख्या बड्दै गएको तथ्याङक रहेकोे छ । हाल सम्म्म २ सय ८५ जना सक्रिय संक्रिमीत रहेका छन । आइसोलेशनमा रहेका संक्रमितको सख्या १५ पुगको छ ।
हाल सम्म २ हजार १ सय ४२ जनाको कोरोना परिक्षण गर्दा ७ सय ४२ जनामा कोरोना पोजेटिभ देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । आज एक जना संक्रमितको मृत्यु समेत भएको छ । हालसम्म जिल्लामा १० जना कोरोना संक्रमण पुष्टी भईसकेपछि मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङक रहेको छ । यस जिल्लाबाट रिफर गरी बाहिर जिल्लामा ३ जनाको मृत्यु भएको छ । यो संगै जिल्लामा मृतकको सख्या १३ पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार