शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा एघार हजार बराबरको अखाध्य बस्तु नष्ट

बाजुरामा एघार हजार बराबरको अखाध्य बस्तु नष्ट

  • बिहिबार, जेष्ठ २७, २०७८
बाजुरामा एघार हजार बराबरको अखाध्य बस्तु नष्ट

बाजुरा — जिल्ला सदरमुकाम मार्तडी बजारमा अनुगमन गरि संकलन गरिएको अखाध्य बस्तु जलाएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले बिहिबार बिहान बजार अनुगमन गरि संकलन गरेको म्याद गुर्जेका अखाध्य बस्तुहरु नष्ट गरिएको हो ।
सदरमुकाम मार्तडीमा रहेका बिभिन्न पशलहरुमा गरिएको अनुगमनमा म्याद गुर्जेका पिठो मिठाई लगायतका साम्रगीहरु बरामत गरेको जिल्ला प्रशासन कार्यालय बाजुराका नासु राम कुमार चौधरीले बताएका छन । बिहिबार गरिएको बजार अनुगमनमा १ सय १५ केजी पिठो मैदा पिडा मिठाई १३ डिब्बा बदाम पापडी २ डिब्बा गरी करिव ११ हजार बराबरको अखाध्य बस्तु नष्ट गरेको चौधरीले बताएका छन ।
जिल्ला प्रहरी कार्याल्य बाजुराका प्रहरी निरीक्षक बलेन्द्र नाथ, जिल्ला प्रशासन कार्यालय बाजुराका नाशु रामकुमार चौधरी, बिजयनाथ ऐडी नेपाल पत्रकार महासघ बाजुरा शाखाका बरिष्ठ उपाअध्यक्ष पदम बहादुर सिहं लगायतको रोहबरमा म्याद गुर्जेका साम्रगी नष्ट गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार