शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • सरकारले संस्थानको चामल बिक्रिमा २० प्रतिशत छुट गरेपछि चामल किन्नेको घुुइँचो

सरकारले संस्थानको चामल बिक्रिमा २० प्रतिशत छुट गरेपछि चामल किन्नेको घुुइँचो

  • सोमवार, जेष्ठ २४, २०७८
सरकारले संस्थानको चामल बिक्रिमा २० प्रतिशत छुट गरेपछि चामल किन्नेको घुुइँचो

बाजुरा–नेपाल सरकारले कोरोनको लडकउानलाई मध्यनजर गरेर खाद्य संस्थानको चामल बिक्रिमा २० प्रतिशत छुट गरेको छ । खाद्य संस्थान बाजुरा शाखाले बिक्रि मुल्यमा २० प्रतिशत छुट गरेर बिक्रि शुरु गरेपछि चामल किन्नेको निकै घुुइँचो लागेको छ ।
सरकारले देशभर खाद्य संस्थानको डिपो बाट लकडाउनलाई मध्य नजर गर्दै जेठ २३ गते बाट चामल बिक्रि मुल्यमा २० प्रतिशत छुुट गरेको थियो । खाद्य संस्थान बाजुरा शाखा, कोल्टि शाखा र कवाडि बिक्रि केन्द्रमा २३ गते बाट २० प्रतिशत छुुटमा चामल बिक्रि शुरु गरेको खाद्य संस्थान बाजुरा शााखका प्रमुख मेघराज ओझाले वताएका छन् ।
सरकारले चामलमा छुुटे दिएपछि बाजुरामा रहेका संस्थान डिपोमा चामल किन्नेको निकै घुुइँचो लागेको छ । मोटो चामल प्रतिकेजी ४५ रुपैयामा बिक्रि गर्ने संस्थानले अहिले प्रति केजी ३६ मा बाजुरामा बिक्रि भइरहेको संस्थान शाखा प्रमुख ओझाले वताए । नागरिकलाई नागरिकताका आधारले ३० केजीको १ कट्टा चामल बिक्रि गर्ने गरेको संस्थानले वताएको छ ।
खाद्य संस्थानले अहिले ३६ रुपैया प्रतिकेजी बिक्रि गर्ने चामल सदरमुकाम मार्तडीमा प्रतिकेजी ५० रुपैया, कोल्टिमा प्रतिकेजी ५५ र कवाडि डिपोमा प्रतिकेजी ६० भन्दा बढि मुल्यमा बिक्रि भइरहेको छ । तर संस्थानको चामल भने प्रतिकेजी ३६ रुपैया बिक्रि त गरिरहेको छ, संस्थानमा चामलको कोटा प्रयाप्त थप गर्नुपर्ने नागरिकले वताएका छन् ।
खाद्य संस्थानमा २० प्रतिशत छुुटमा चामल किन्न पाउँदा निकै राहत भएको बडिमालिका ९ का स्थानिय डबले बिकले वताए । लकडाउनलाई मध्यनजर गर्दै चामलमा २० प्रतिशत छुुट अहिले दिएको भएपनि गरिब र पछाडि परेका वर्गलाई सरकारले सधै दिनुपर्ने उनले वताए । हिमाली गाउँपालिका ४ का बिर्खलाल बुढाले भने बजारमा प्रतिकेजी ६० भन्दा महँगो रेटमा चामल किन्ने गरेका थियौ, संस्थानमा प्रतिकेजी ३६ मा पाउँदा निकै राहत भएको वताए ।
खाद्य संस्थान बाजुरा शाखामा अहिले २५ सय कुन्टल मौजात रहेको छ । पहिला खाद्य संस्थानको चामलमा किन्न खासै आउदैन थिए । सरकारले छुट दिएपछि दैनिक खाद्य संस्थान बाजुरा शाखामा मात्र ७० कुन्टल भन्दा बढि चामल बिक्रि भइरहेको बताए । लकडाउनको बेला बिहान ७ बजेदेखी ९ बजे सम्म मात्र बिक्रि गर्ने गरेको छ । लकडाउनमा सामाजिक दुरी भिडभाड नगरेर चामल बिक्रि गर्ने भएपनि खाद्य संस्थानले चामलमा छुट दिएपछि संस्थानमा चामल किन्नेको निकै भिड लागेको छ ।

चर्चामा

सम्बन्धित समाचार