बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • जिल्ला अस्पताल बाजुराले २ बर्ष सम्म पनि शव वाहन र एम्बुलेन्स खरिद गर्न सकेन

जिल्ला अस्पताल बाजुराले २ बर्ष सम्म पनि शव वाहन र एम्बुलेन्स खरिद गर्न सकेन

  • मङ्लबार, बैशाख २८, २०७८
जिल्ला अस्पताल बाजुराले २ बर्ष सम्म पनि शव वाहन र एम्बुलेन्स खरिद गर्न सकेन

बाजुरा — जिल्ला अस्पताल बाजुराले २ बर्ष सम्म पनि शव वाहन र एम्बुलेन्स खरिद गर्न सकेको छैन् । आर्थिक बर्ष ०७६।०७७ मा शव वाहन र एम्बुलेन्स खरिदका लागि आएको रकम खरिद गर्न नसकेर फिर्ता गएको थियो ।
यो आर्थिक बर्षमा साउनमै शव वाहन र एम्बुलेन्स खरिदका लागि १५ लाखका दरले प्रदेश सरकारले पैसा पठाएको भएपनि अहिले सम्म खरिद गर्न सकेको छैन् । जिल्ला अस्पताल बाजुरा तथा सदरमुकाम मार्तडी शव वाहन र एम्बुलेन्स नहुँदा कोरोनाका बिरामी समस्या भोग्नु परेको छ । अझ शव वाहन नहुँदा कोरोनाका कारणले मृत्यु भएकालाई फोहोर बोक्ने टिफर र प्राइभेट गाडिले बोक्नु पर्ने बाध्यता रहेको छ ।
जिल्ला अस्पताल बाजुराका निमित्त कार्यलय प्रमुख डा. प्रकाश जोशीले भन्छन् शव वाहन नहुदा निकै समस्या भएको वताए । अस्पतालमा गएको आर्थिक बर्ष एम्बुलेन्स र शव वाहान खरिदका लागि बजेट आएको थियो । त्यो बर्ष खरिद गर्न नसकेर रकम फिर्ता भएको जोशीले वताए । यो बर्ष पनि एम्बुलेन्स र शव वाहान खरिदका लागि बजेट आएको छ, बल्ल खरिद गर्ने प्रक्रियामा पुुगेको अस्पताल बाजुराका प्रमुख डा. जोशीले वताए । बजेट साउन भदौमा आएको हो, तर अहिले आफु कार्यलय प्रमुख भएर आएको दुुई हप्ता भयो, अहिले खरिद प्रक्रियामा गएको बताए ।
एम्बुलेन्स र शववाहान खरिदका लागि १५ लाखका दरले बजेट आएको जोशीले वताए । अहिले प्रक्रियामा गएको छौ एकदुुई महिना लाग्ने उनले वताए । पहिला प्रक्रियामा गएको भए चाडै जिल्ला अस्पतालमा शव वाहन र एम्बुलेन्स आइसक्ने थियो, अहिले प्रक्रियामा जादा अझै समय लाग्ने वताए ।
जिल्ला अस्पतालमा एम्बुलेन्स र शववाहनको लागि बजेट आएर पनि खरिद नहुनुले बिरामीले निकै सास्ति भोग्नु परेको छ । आएको बजेट पनि कार्यन्वयन गर्न नसक्ने अस्पताल प्रति स्थानिय प्रश्न खडा गरेका छन् । एम्बुलेन्स नहुँदा अझ कोरोनाका बिरामीले गाडि नहुदा निकै सास्ति भोग्नु परेको छ ।
कोरोना संक्रमतिले घर बाट जिल्ला अस्पतालमा उपचारका लागि जान र तथा अस्पतालले थप उपचारका लागि जिल्ला बाहिर लिन खोजेपनि एम्बुलेन्स नहुदा गाडि नपाउने गरेका छन् । अन्य बिरामीलाई त प्राभइभेट जिवहरुले बोक्ने गरेको छ, कोरोना बिरामीका लागि भने गाडि नपाईने गरेको बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले वताएका छन् । सदरमुकाम मार्तडी तथा जिल्ला अस्पताल बाजुरामा एम्बुलेन्स नहुँदा कोरोना संक्रमित बिरामीलाई निकै समस्या भएको खड्काले वताए ।
प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले भने सदरमुकाम मार्तडी एउटा पनि एम्बुलेन्स नहुदा निकै समस्या भएको वताए । बडिमालिका नगरपालिकालाई भारतीय राजदुताबासले ५ बर्ष पहिले हस्तान्तरण गरेको एम्बुलेन्स भने सञ्चालनमा नआउदै अलपत्र अबस्थामा रहेको छ । जिल्लामा हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका र बुढिगंगा नगरपालिका एउटा एउटा एम्बुलेन्स सञ्चालनमा रहेका छन्, भने जिल्लाभरी ३ वटा एम्बुलेन्स भने बिग्रेर अलपत्र अबस्थामा रहेका छन् । जिल्ला अस्पतालमा एउटा एम्बुलेन्स र शववाहन नहुनु लाजमर्दो रहेको नागरिक अगुवा निमेन्द्र शाहिले वताए ।

चर्चामा

सम्बन्धित समाचार