शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा पछिल्लो २४ घण्टामा १ जना संक्रमित थपिए, संक्रमितको संख्या १ सय ५८ पुग्यो

बाजुरामा पछिल्लो २४ घण्टामा १ जना संक्रमित थपिए, संक्रमितको संख्या १ सय ५८ पुग्यो

  • शनिबार, बैशाख २५, २०७८
बाजुरामा पछिल्लो २४ घण्टामा १ जना संक्रमित थपिए, संक्रमितको संख्या १ सय ५८ पुग्यो

बाजुरा — बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना १ जना संक्रमित थपिए संगै बाजुरामा संक्रमितको सख्या १ सय ५८ पुगेको छ । आज ५ जनाको एन्टिजेन बिधीबाट परिक्षण गर्दा १ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन । हाल सम्म ५ सय ६ जनाको परिक्षण गर्दा १ सय ५८ जनामा कोरोना पोजेटिभ देखीएको स्वस्थ्य कार्यालय बाजुराले जनाएको छ ।
सक्रिय संक्रिमीत १ सय ४२ जना रहेका छन भने १६ जना निको भएका छन । जसमा १ सय २१ होम आइसोलेशनमा रहेका छन भने २१ जना आइसोलेशनमा रहेको तथ्याङक रहेको छ ।
सबै भन्दा बढि संक्रमित बडिमालिका नगरपालिकामा रहेका छन । बडिमालिका नगरपालिकामा ८२ जना बुढिनन्दा नगरपालिकामा १७ जना बुढिगंगा नगरपालिकामा १० जना त्रिबेणी नगरपालिकामा ५ खप्तड छेडेदह गाउँपालिकामा ५, गौमुल गाउँपालिकामा ७ हिमाली गाउँपालिकामा ८, स्वामिकार्तिक खापर गाउँपालिका ३ र जगन्नाथ गाउँपालिकामा १ जना रहेका छन भने ४ जना बाहिरका रहेका स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार