बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • ज्यान जोखिममा राखेर अरूकाे ज्यान जोगाउने जिल्ला अस्पताल बाजुराका स्वास्थ्य हिरो

ज्यान जोखिममा राखेर अरूकाे ज्यान जोगाउने जिल्ला अस्पताल बाजुराका स्वास्थ्य हिरो

  • बिहिबार, बैशाख २३, २०७८
ज्यान जोखिममा राखेर अरूकाे ज्यान जोगाउने जिल्ला अस्पताल बाजुराका स्वास्थ्य हिरो

बाजुरा — देशभरी कोरोनाको दोस्रो भेरिएन्ट सहितकाे स‌क्रमण बढी रहेको छ । बाजुरामा पनि दिन प्रति दिन कोराना संक्रमण तिब्र गतिमा बढिरहेको छ । बिहिवार दिउँसोसम्म बाजुरामा १ सय ४६ जना संक्रमित पुगिसकेका छन्, भने एक जनाको मृत्यु भइसकेको छ ।
कोरोना जसरी काेरोना भाइरस फैलिएको छ, त्यसरी डर त्रास  बढिरहेको भएपनि स्वास्थ्यकर्मी भने आफ्नो ज्यान जोखिममा राखेर कोभिडका बिरामीको ज्यान जोगाइरहेका छन् । जिल्ला अस्पताल बाजुरामा अहिले कोभिडका बिरामीको उपचार भइरहेको छ । तर स्वास्थ्यकर्मी भने कुुनै बिचलित नभएर आफ्नै ज्यान दाउमा राखेर बिरामीको उपचार गराइरहेका छन् ।
अहिले जिल्ला अस्पतालको आइसोलेसनमा डा. गौरब आचार्यको नेतृत्वमा स्वास्थ्यकर्मी कोभिडका बिरामीको उपचार गरिरहेका छन् । उनको नेतृत्वमा हेल्थअसिटेन्ट सुवास बुढा, अनमी शुशिला रावल र कार्यलय सहयोगी तारा मल्ल आफ्नो ज्यान जोखिममा राखेर बिरामीको उपचार गरिरहेका छन् । उनिहरुलाईअन्य स्वास्थ्यकर्मीले सहयोग गरिरहेका छन् ।
यो बेला सबै आफ्नो ज्यानको सुरक्षा र आफु कसरीले कोरोनाबाट बच्ने भन्ने लागि रहेका छन् । तर अस्पतालमा कार्यरत ती स्वास्थ्यकर्मी कोभिडका बिरामीको उपचार तल्लिन रहेका छन् । एचए सुवास १ बर्ष देखी अस्पतालमा करारमा काम गरिरहेका छन् । सुवास भन्छन्, जागिर भन्दा पनि बिरामीको सेवा गर्न पाउँदा निकै खुशी छु, यसैमा आफु सन्तुुष्टि रहेको वताउँ छन् ।
सुवास आबश्यकता अनुसार आइसोलेसनमा बिरामीको चेक जाँच गर्न दिनमा चार पाँच पटक भन्दा बढी जाने गर्छन् । डाक्टरको परामर्श अनुसार कोभिडका बिरामीको चेक जाँच गर्ने गरेको उनी बताँउछन् । सुवासले थपे यो महामारीको बेला डराउनु पर्ने कुनै कुरा छैन्, बिरामी बचाउनु नै ठुलो महानता हो । सुवाससँगै करारमा कार्यरत अनमी शुशिला रावल पनि साह सपुर्ण उपचारमा खटिएकी छन् ।
शुशिला भन्छन्, आफु त जोखिममा छदै छौ, तै पनि बिरामीलाई बचाउनु ठुलो माहनता हो । गएको बर्ष कोभिड शुरु हुने बित्तिकै घरका भन्थे आफु बच्नु जागिर भन्दा ठुलो त ज्यान हो भन्थे । तर यो पटक भने घरमा कोभिडका बिरामीको उपचारमा खटिएको जानकारी नगरेको शुशिलाले वताईन् । अस्पतालमा एक जना कोभिडको बिरामीको मृत्यु हुँदा पनि आफु कुनै बिचलीत नभएको शुशिला बताँउछन् । महामारीका बेला डराएर भाग्नु उपचारमा नखटिनु बिरामीको उपचार नगर्नु भनेको ठुलो महापाप हो, बिरामीको उपचारका लागि स्वास्थ्य बिषय पढिसके पछि सेवा गर्नुनै हो, यसमा आफुलाई खुशी लाग्ने वताईन् । करारको जागिर त छोडेर पनि जान सकिन्छ, तर यो बेला जागिर भन्दा ठुलो सेवा हो । पैशा नपाए पनि बिरामीको सेवा गर्नु नै मानवता हो शुशीलाले थपिन् ।
बाजुरामा सुवास, शुशीला जस्तै स्वास्थ्यकर्मी निकै कटिबद्ध भएर बिरामीको उपचारमा लागि रहेका छन् । घरमै कोभिडका बिरामी खोज्दै उपचारसँगै परामर्श दिने गरेका छन् । प्रमुुख जिल्ला अधिकारी गोपल अधिकारी भन्छन्, यो संकटको बेला स्वास्थ्यकर्मीले गरेको काम निकै महानता रहेको उहाँहरुको सक्रियताले पक्कै पनि बाजुराले कोभिडलाई जित्ने वताए । अस्पातलका प्रमुख डा. प्रकाश जोशी कोभिडका बिरामीको उपचार गर्न अस्पताले कुनै कमी नराख्ने गरेको बडिमालिका खबरलाई बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार