शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • जिल्ला कारागारका एक जना कैदिबन्दीलाई कोरोना पुष्टि

जिल्ला कारागारका एक जना कैदिबन्दीलाई कोरोना पुष्टि

  • सोमवार, बैशाख २०, २०७८
जिल्ला कारागारका एक जना कैदिबन्दीलाई कोरोना पुष्टि

बाजुरा — बाजुरा जिल्लाको कारागारमा एक जना बन्दिलाई कोरोना पोजेटिभ देखिएको छ । आईतबार एन्टिजेन प्रबिधिबाट गरिएको परिक्षणमा कोरोना भाईरस पुष्टि भएको हो ।
जिल्ला कारागार बाजुरामा २५ जनाको क्षेमता भएको कारागारमा हाल ५९ जना कैदि बन्दि रहेका छन् । धेरै जना कैदिबन्दिहरुको कोरोनासंग मिल्दो जुल्दा लक्षणका बिरामीहरु रहेका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक मदनजीत महराले जानकारी दिएका छन । संक्रमित ब्यक्ति बिरामी भएपछि जिल्ला अस्पतालमा एन्टिजेन बिधिबाट कोरोना परिक्षण गरिएको थियो ।
उक्त ब्यक्ति पोजेटिभ देखिएपछि थप ७ जना कैदिबन्दिलाई परिक्षणका लागि जिल्ला अस्पताल लगिएको महराले बताए । उनीहरुको रिर्पोट नआउन्जेलसम्म अस्पतालमै राखिने र तीनीहरुको रिर्पोटको आधारमा अन्य कैदिबन्दिहरुको परिक्षण गरिने जिल्ला कारगारले जनाएको छ ।
कारागारमा क्षममता भन्दा तेब्बर कैदिबन्दि रहेका छन । धैरै कैदिबन्दिहरु संयुक्त एउटै खाट कोठामा सुत्ने गरेकाले धेरैलाई संक्रमण हुनसक्ने बताईएको छ ।
कारागारमा कोरोना फैलिएमा उनिहरुको ब्यबस्थापनमा समस्या हुने देखीएको प्रहरी प्रमुख महराको भनाई रहेको छ । आज कोरोना देखीएका कैदिलाई जिल्ला समन्वय समितिको समिक्षालय हलमा बनाएको आईसोलेशनमा राख्ने बताएका छन । त्यस्तै अन्य कैदिबन्दीको पनी परिक्षण गरिने बताएका छन । जिल्लामा एन्टिजेन किटको अभाव भएकोले केही दिनमै उनिहरुको कोरोना परिक्षण गर्ने तयारी भइरहेको प्रहरी प्रमुख महाराले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार