बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • सबैले साबधानी अपनाउनु पर्छ : प्रजिअ अधिकारी ( भिडियाे सहित)

सबैले साबधानी अपनाउनु पर्छ : प्रजिअ अधिकारी ( भिडियाे सहित)

  • शुक्रबार, बैशाख १७, २०७८
सबैले साबधानी अपनाउनु पर्छ : प्रजिअ अधिकारी ( भिडियाे सहित)

बाजुरा — प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले कोरोनाको बढ्दो जोखीमलाई न्युनिकरण गर्न बाजुराबासीलाई साबधानी अपनाउनु पर्ने बताएका छन । बडिमालिका खवरको कोरोना कहरमा हाम्रो पहल कार्यक्रम मार्फत प्रजिअ अधिकारीले यस्तो बताएका हुन ।
प्रजिअ अधिकारीले जिल्लामा कोरोनाको जोखीम उच्च रहेकोले यस बिषयमा सबैले सचेत हुन अनुरोध गरेका छन ।
जिल्ला कोरोना रोकथाम तथा नियन्त्रण समितिले जिल्लाका सबै ठाउँमा अनुगमन गर्दै आएका छौ र जिल्लाका नाकाहरुमा जिल्ला बाहिरबाट आउने सबैको तथ्याङक लिने जरो नाप्ने र उच्च जरो आएकालाई स्वास्थ्य सस्थामा लैजाने कार्यको थालनी गरिएको प्रजिअ अधिकारीले बताएका छन ।
अघिल्लो बर्ष झै आइसोलेशनहरुको तयारी गर्दै लैजाने बैठकले निणर्य समेत गरेको बताएका छन । जिल्लामा पिसीआर मेशीनको समेत आन्तरिक मामिला मन्त्रालय र सामाजिक मन्त्रालयमा माग गरेकोले त्यसको सम्बोधन हुने गरी कार्यान्वयन हुने बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार