बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा पीसिआर मेसिन खरिदका लागि स्थानिय तहसंग समन्वय गर्न समन्वय प्रमुखलाई जिम्मा

बाजुरामा पीसिआर मेसिन खरिदका लागि स्थानिय तहसंग समन्वय गर्न समन्वय प्रमुखलाई जिम्मा

  • शुक्रबार, बैशाख १०, २०७८
बाजुरामा पीसिआर मेसिन खरिदका लागि स्थानिय तहसंग समन्वय गर्न समन्वय प्रमुखलाई जिम्मा

बाजुरा — कोरोना परिक्षण जिल्लामै गर्न पीसिआर मेसिन खरिदको लागि जिल्लाका ९ ओटै स्थानीय पालिकाहरुसंग समन्वय गर्न जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र कुमार रोकायालाई जिम्मा दिएईको छ ।
जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको जिल्ला बिपत ब्याबस्थापन समितिको बैठकले कोभिड १९ चेक जाँचको लागि अन्यन्त्र जिल्लाहरुमा जानु पर्ने र रिर्पोट आउन समेत ढिलो हुने हुदा नागरिकहरुको मानस्पटनमा नकरात्मक असर पर्ने भएकोले जिल्लामा नै पीसिआर मेसिन खरिदको लागि जिल्लाका ९ ओटै तहहरुको पहलमा मेसिन गरिद गरिनु पर्ने बैठकमा हरभाागिहरुले बताएका थिए ।
स्वाबलाई जिल्ला बाहिर लिएर परिक्षण गर्दा पनि पालिकाहरुको खर्च अत्याधिक नै हुने भएकोले सो खर्च बाफतको रकम सबै पालिकाहरु मिलेर पीसिआर मेसिन खरिद गर्दा सजिल्लो हुने बैठकले निष्र्कष निकाले पछि बैठकमा सहभागि बुढीगंगा, बडिमालिका, त्रिबेणी नगरपालिकाका मेयर र गौमुल गाउपालिकाका उपाध्यक्षले आजकै बैठकमा सबै पालिकाले सहयोग गरे आफूहरु पनि सहयोग गर्ने सहमति जनाएका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारले बताए ।
बैठकमा हिमाली र जगन्नाथ गाउपालिकाकी उपाध्यक्षहरुले गाउपालिकाका अध्यक्षसंग छलफल गरि अर्को बैठकमा निणर्य दिने बताए भने स्वामीकार्तिक खापर, खप्तड छेडेदह गाउपालिका र बुढीनन्दा नगरपालिकाबाट कुुनै प्रतिनिधि नभएकोले समन्वयका लागि समन्वय प्रमुखले जिम्मेवारी लिएको अधिकारीले बताए । पालिकाका प्रमुखहरु सबैलाई खबर गरिएको हो । छोटो समय तथा संचार ढिलो भएर वा काम बिशेषले अन्य पालिकाका प्रमुखहरु आउनु भएन सबै पालिकाका प्रमुखहरुसंग समन्वय गरेर पुन बैठक बसेर यो निणर्य गरिने अधिकारीले बताए ।
त्यस्तै आजको बैठकले जिल्लाको पाच ओटा नाकाहरु साफे मार्तडी सडक खण्डको डाबबजार, खप्तड छेडेदह गाउपालिकाको चौखुट्टे,जगन्नाथ गाउपालिकाको लैफु, हिमाली गाउपालिकाको कवाडी र बुढीनन्दा नगरपालिकाको एरर्पोटमा हेल्थ डेस्क स्थापाना गरि देश बाहिर तथा देश भित्रका अन्य बिभिन्न शहरहरुबाट आउने जानको तथ्याङ्क राखिने । सबै पालिकाहरुले आईस्वालेसनको ब्यवस्था अनिबार्य गर्नु पर्ने, साफे मार्तडी सडक खण्डलाई नियमित संचालनको लागि साफे मार्तडी सडक डिभिजन कार्यालयललाई सडक अबरोध हुने स्थान नजिकै औजार तयारी अबस्थामा राख्न जानकारी गराउने र यसको समन्वयको लागि बुढीगंगा नगरपालिका, बडिमालिका नरपालिका र जिल्ला समन्वय समितिले गर्नु पर्ने निणर्य गरेको छ ।
नेपाल सरकारले जारि गरेको २०७८ बैशाख ६ गते जारि गरिएको नयाँ भेरिएट सहितको कोभिट १९ को दोस्रो लहत रोकथाम तथा नियन्त्रण सम्बन्धि आदेश २०७८ कार्यन्वयन गर्ने गराउने परिपत्रममा रहि जिल्लामा पनि त्यो निणर्यको पालना गर्न गराउन सबै स्थानिय तह तथा सरोकारवाला निकायहरुलाई अनुरोध गराउने जस्ता निणर्य भएका सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले जानकारी दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय प्रमुख नेरन्द्र्र कुमार रोकाया, बुढीगंगा नगर पालिकाका नगरप्रमुख दिपक शाह, बडिमालिकाका नगरप्रमुख पदम बडुवाल, त्रिबेणी नगरपालिकाका नगर प्रमुख रामसिं रावल, गौमुल गाउपालिकाका उपाध्यक्ष सिता थापा, जगन्नाथ गाउपालिकाका उपाध्यक्ष ऐना गिरी, हिमाली गाउपालिकाका उपाध्यक्ष चन्द्रकला बुढाको उपस्थिति रहेको थियो ।
त्यस्तै नेकपा एकालेका सचिवालय सदस्य जनककुमार बोहरा, नेपाली काँग्रेशका जिल्ला कार्यसमिति सदस्य उमा रोकाया, नेकपा माओबादी केन्द्रका नेता महेश शाही, जसपाका जिल्ला अध्यक्ष मनिराम रेग्मी लगाएक नेता तथा सरकारी कार्यालयका प्रमुख तथा गैरसरकारी कार्यालयका प्रमुख एवम प्रतिनिधिकोको उपस्थिति रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार