बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • घटनालाई अतिरन्जित पारिएको भन्दै बडिमालिका नगरपालिकाका खेल प्रशिक्षकले निकाले प्रेस बिज्ञप्ति

घटनालाई अतिरन्जित पारिएको भन्दै बडिमालिका नगरपालिकाका खेल प्रशिक्षकले निकाले प्रेस बिज्ञप्ति

  • मङ्लबार, बैशाख ७, २०७८
घटनालाई अतिरन्जित पारिएको भन्दै बडिमालिका नगरपालिकाका खेल प्रशिक्षकले निकाले प्रेस बिज्ञप्ति

बाजुरा ७ बैशाख ः जिल्ला सदरमुकामा बैशाख ५ गतेबाट संचालन भएको १२ औं राष्ट्रपति रनिङ सिल्डमा भएका घटनामा प्रति खेद प्रकट गर्दै घटनालाई अतिरन्जित पारिएको भन्दै बडिमालिका नगरपालिकाका चार जना खेल प्रशिक्षकले प्रेस बिज्ञप्ति निकालेका छन् ।

नगरपालिकाका खेल प्रशिक्षक उत्तमराज जोशी, मीनबहादुर अयडी, जनकराज जैशी र रामबहादुर नेपालीको हस्ताक्षरमा विज्ञप्ती जारी गरेका छन् ।
खेल प्रशिक्षकले निकालेको विज्ञप्तीमा आइतबारबाट सुरु भएका खेल प्रतियोगितामा भएका बिबादहरु मालिका माध्यमिक विद्यालयसंग जोडिएको प्रति खेद प्रकट गरेका छन् ।
बिबादित खेलहरुमा बडिमालिका नगरपालिकाका खेलाडीको कुनै संलग्नता नरहेका तर सामाजिक संजाल र संचार माध्यममा आएका समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको भनिएको छ ।
चारै जना प्रशिक्षकले हस्ताक्षर गरेको विज्ञप्तीमा बडीमालिकाले जितेका पदकहरुबाट त्रसित मानसिकता बनाएका विचौलीया वर्गले नियत बस खेललाई स्थगित गर्ने वातावरण बनाउदै खेल क्षेत्रका प्रतिभाहरुलाई संकुचित बनाउन खोजेको विज्ञप्तीमा लेखिएको छ ।

पाच पालिकाले जिल्ला खेलकुुद बिकास समितिलाई दिएको जानकारी पत्रमा रहेका ३ र ४ नम्बर बुदामा लेखिएका शब्दप्रति आफुहरुको ध्यानाकर्षण भएको जनाएका छन् ।

उनीहरुले आगामी दिनमा खेलाडी र प्रशिक्षकमा कुनै घटना घटेमा पाच पालिकाका खेल प्रशिक्षकहरुले जिम्मेवारी लिनु पर्ने जानकारी गराउद छौ, विज्ञप्तीमा भनिएको छ ।
बडिमालिका नगरपालिकाको तर्फबाट खेल प्रशिक्षले बिज्ञप्ति निकाल्दा उपयूक्त हुदैननी भन्ने पत्रकारको प्रश्नमा मालिका नमुना माबिका शिक्षक तथा सुचना अधिकारी शेरबहादुर रावलले मेयर सावसंग कुरा भएको र नगरपलिकाको तर्फबाट अनुपति दिएको बताएका छन् ।
यता बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले नगरपालिकाको तर्फबाट विज्ञप्ती निकाल्न अनुमती नदिएको बताएका छन् । पदम बडुुवाल एउटा ब्यक्ति होला तर नगरपालिका सस्था हो बडिमालिका नगरपालिकाले खेद प्रकर्ट नगरेको बताए ।
खेलकुद क्षेत्रको विवाद भएकाले खेल प्रशिक्षकले नै विज्ञप्ती निकाल्नु पर्छ, नगरपालिकाले विज्ञप्ती निकाल्न नभनेको बडुवालको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार