बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • पत्रकार सिंहले भत्ताको ८६ हजार रकम असाहयलाई सहयोग

पत्रकार सिंहले भत्ताको ८६ हजार रकम असाहयलाई सहयोग

  • सोमवार, बैशाख ६, २०७८
पत्रकार सिंहले भत्ताको ८६ हजार रकम असाहयलाई सहयोग

बाजुरा– नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका निर्वतमान अध्यक्ष तथा पत्रकार प्रकाश सिंहले आफ्नो ४ वर्ष भरिको बैठक भत्ता असाहयलाई सहयोग गरेका छन्। पत्रकार महासंघको अध्यक्षमा निर्वाचित भइसकेपछि आफ्नो कार्यकालमा प्राप्त भएको रकम जिल्लाका पीडितहरूलाई सहयोग गरेका हुन्।

४ वर्षको कार्यकालमा विभिन्न बैठक, गोष्ठी तथा कार्यक्रममा पत्रकार महासंघ बाजुरा शाखाको अध्यक्षवाफत पाएको भत्ता रकम ८६ हजार ५ सय असाहयलाइ सहयोग गरेका थिए। सिंह २०७३ फागुन २४ गते अध्यक्षमा निर्वाचित भएका थिए।

सिंहले २०७४ असार २७ गते १५ हजार ८० टुहुरा असहाय वालवालिकालाई सहयोग गरेका थिए। त्यस्तै उनले बडीमालिका नगरपालिका–८ राप्कामा घर भएकी ५१ वर्षीय एकल महिला पारू थापालाई १७ हजार ३ सय ४४ रुपैया सहयोग गरेका थिए। उनले ४ वटा बाख्रा किनेर बाख्रा पालन गरेकी छन्। ६ वर्षअघि श्रीमान गुमाएकी थापालाई उनीसँग भएका २ छोरालाई हुर्काउन सार्है समस्या भएको थियो।

त्यस्तै भालुको आक्रमणबाट शक्त घाइते बनेकी बडीमालिका नगरपालिका–९ की कन्चना उखेडाको उपचारका लागि वीर अस्पताल काठमाडौंमा ५ हजार रकम सहयोग गरेका थिए। त्यस्तै त्रिवेणी नगरपालिकाका क्यान्सर पिडित नवीन पाध्यायको उपचार खर्चका लागि ५ हजार सहयोग गरेका थिए। त्यस्तै आर्थिक अभाबमा जिवनमरण दोसाधमा रहेका हिमाली गाँउपालिका ६ पाडिका शान्त लुवारलाई उपचारमा २० हजार सहयोग गरेका थिए।

यस्तै सिंहले बडिमालिका नगरपालिका-७ जिल्लीका बादुर दमाईको उपचारमा १० हजार, बुढीनन्दा नगरपालिका २ कोल्टीका रघुसार्कीका छोरालाई उपचार खर्चमा १५ हजार सहयोग गरेका थिए। जगन्नाथ गाउँपालिका ५ का पुल्तिसराका अलपत्र चार छोराछोरीलाई लुुगाकपडा खाद्यन्न सहयोग गरेका थिए। त्यस्तै अन्य असाहयलाई समेत सहयोग गरेर उनले आफनो कार्यकालमा भत्तावाफतको रकम मात्र ८६ हजार ५ सय सहयोग गरेका छन्।

सिंहले जिल्लामा पत्रकार महासंघ शाखाको नेतृत्व सम्हाले यता विभिन्न असाय, टुहुरा बालबालिका, महिला, जनजातिलाई विभिन्न आर्थिक, भौतिक सहयोगगरेका थिए। नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष तथा पत्रकार प्रकाश सिंहले सम्मानितवाफतको रकम जसको नाम बाट पाएका थिए उनकै परिवारलाइ हस्तान्तरण गरेका छन्। सिंहले भत्ता मात्र नभइ सम्मान बाफतको रकम पनि असहायलाई सहयोग गरेका छन्।

सिंहले जेपी जोशी स्मृति पत्रकारीता पुरस्कार बाट पाएको १२ हजार रकम जेपी जोशीको परिवारलाई सहयोग गरेका थिए। ‘जेपी जोशीका नाममा स्थापना भएको पत्रकारीता पुरस्कार मैले प्राप्त गरेको रकम उनको परिवार थोरै भएपनि सहयोग होस भनेर सहयोग गरेको हुँ’ सिंहले भने। ‘जेपी जोशीको परिवारमा मैले सम्पर्क गर्दा अबस्था निकै नाजुुक पाएकाले सहयोग गरेको हो’ उनले थपे।

जेपी जोशी २०६५ असोज २२ गते बेपत्ता भएका थिए भने मंसिर १३ गते मालाखेती जंगलमा उनको शव भेटिएको थियो। जेशी जोशीका श्रीमति बसन्ति जोशी छोरी पुजा जोशी र गिता जोशी रहेका छन्। पुजा कक्षा १० मा र गिता कक्षा ६ मा अत्तरियामा रहेको एभरेष्ट बोडिङ्ग स्कुुलमा अध्यन गर्ने गरेका छन्।

पत्रकार सिंहले यो भन्दा पहिला पाएको पत्रकारीता पुुरस्कार जुुन क्षेत्रबाट पाएको हो, त्यहि क्षेत्रका पछाडि परेका वर्गलाई सहयोग गर्दै आएका छन्। गत वर्ष पाएको इन्जा अवार्डवाफतको ५ सय डलर पनि कुपोषित बच्चाको उपचारमा सहयोग गरेका थिए। उनले बुढीनन्दा नगरपालिका १ का पुर्वा दमाइका कुपोषित छोराको उपचारमा सहयोग गरेका थिए। उनको छोरालाई १ बर्ष सम्म ल्याक्टोजिन दुध किन्नमा समेत सहयोग गरेका थिए।

सिंह बाजुरामा एक दशकदेखि पत्रकारिता पेशामा आवद्ध रहेको छन्। पत्रकारिता मात्र नभई बाजुराका विपन्न वर्गको सेवामा उनी समर्पित छन्। उनले पत्रकारीतासँगै बेसाहारा शाहाराविहिन ७१ जना बालवालिकाको उद्धार गरिसकेका छन्। त्यति मात्र नभई उनले उपचार नपाएर अलपत्र रहेका दुई दर्जन भन्दा बढीलाई आर्थिक संकलन गरि नयाँ जिवन दिनमा समेत सहयोग गरेका छन्। प्रकाशले पत्रकारिता पेशासंगै मानव सेवाको माध्यमबाट आफ्नो भविष्य पनि उत्तिकै चौडा बनाएको स्थानियले वताएका छन्।

उनले बाजुराका ग्रामीण क्षेत्रका आर्थिक अभावमा उपचार नपाएर अलपत्र रहेका २७ जनालाई सहयोगवापत १७ लाख बढी रकम सकलन गरी हस्तान्तरण गरेका छन्। प्रकाशको अभियानमा सहयोगी हात जुटाएर उनीहरुले नयां जीवन जिउन पाएका छन्।

चर्चामा

सम्बन्धित समाचार