शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • अवैध रुपमा भित्रिएका भारतीय सवारी साधन प्रहरी नियन्त्रणमा

अवैध रुपमा भित्रिएका भारतीय सवारी साधन प्रहरी नियन्त्रणमा

  • सोमवार, चैत्र २३, २०७७
अवैध रुपमा भित्रिएका भारतीय सवारी साधन प्रहरी नियन्त्रणमा

२२ चैत, वीरगञ्ज प्रहरीले पर्साबाट तीनवटा भारतीय सवारी साधन नियन्त्रणमा लिएको छ । शनिबार अपरान्ह भारतीय नम्बरको ट्रक, स्कुटर र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो ।

वीरगञ्ज–१६ बाट भारतीय नम्बर बीआर ०६ जीडी ४१५६ नम्बरको ट्रक, बीआर ०५ एच १५११ नम्बरको पल्सर मोटरसाइकल, बीआर ०० ३३८९ नम्बरको पैसन प्रो मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी प्रल्हाद कार्कीले जानकारी दिए ।

प्रहरीले एउटा नम्बर नभएको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । सबै सवारी साधनको मूल्य ४१ लाख ६० हजार रुपैयाँ रहेको प्रहरीले अनुमान गरेको छ । गाडीका बारेमा वरपर सोधपुछ गर्दा कोही कसैले हकदाबी नगरेकाले बरामद गरिएको प्र्रहरीको दाबी छ ।

सवारी साधनसँग सम्बन्धित आवश्यक कागजातसहित कोही पनि प्रहरी कार्यालयमा सम्पर्क गर्न नआएकाले आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको डीएसपी कार्कीले बताए ।

चर्चामा

सम्बन्धित समाचार